
काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा रामशरण महत सावर गाडी एम्बुसमा परेको छ । नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।
एम्बुस विस्फोट हुँदा तीनजना घाइते भएका छन् भने नेता महत सकुशल छन् । वम विस्फोट पछि स्थानीय त्रसित बनेका छन् भने उम्मेदवार माथि थप खतरा बढेको भन्दै काँग्रेस कार्यकर्ताहरु आत्तिएका छन् ।
घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । यसअघि एमाले नेता शेरधन राई, माओवादी केन्द्रका नेता जर्नादन शर्मा, वर्षमान पुन लगायतका नेताहरुलाई लक्षित गरि बम विस्फोट गराइएको थियो । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।




तस्विर : रमेश महत
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्