×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवालाई कठैबरी भन्दै ओलीले किन पड्काए ताली ?

LAXMI SUNRISE BANK

देउवालाई कठैबरी भन्दै ओलीले किन पड्काए ताली ?

२३ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग कुरा गर्न डराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको ओलीले बताए । देउवाको यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ ।
बिहीबार काठमाण्डुको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्यांकर र ट्रकहरु बोर्डपारि रोकिँदा प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसकेको बताए । ट्रक र ट्यांकर त्यहाँ रोकिदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए ।
एमाले अध्यक्ष ओलीले भने, ‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि रु नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’
देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुपर्‍यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’ – काठमाडौं टुडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी