
काठमाडौं । लगानीमा अर्बौं डुबाएको अभियोग लागेका सुधीर बस्नेतको ओरियण्टल बचत तथा ऋण सहकारी संस्थालाई सरकारले नियन्त्रणमा लिन सक्नेगरी समस्याग्रस्त भनी घोषणा गरिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो घोषणा गरेको छ । सहकारी ऐन–२०७४ ले संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने अधिकारसहित त्यसको व्यवस्थापनमा सरकारी हस्तक्षेप हुनसक्ने अधिकार मन्त्रालयलाई छ ।
मन्त्रालयले लिक्वडेटर नियुक्त गरेर सम्पत्ति विक्रीको प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । निक्षेपकर्ताहरुको रकम फिर्ताको तयारी पनि भएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए । ओरियण्टल सहकारी समस्याग्रस्त बनेको कारण करिब १२ हजार सर्वसाधारणको ७ अर्ब रुपैयाँ बराबरको निक्षेप फसेको थियो । केही समयअघि मन्त्रालयले दिएको तथ्यांकअनुसार सहकरीले सर्वसाधारणको साँवा निक्षेप ४ अर्ब २० करोड, ब्याज २ अर्ब ४० करोड र हाउजिङमा गरिएको लगानी १ अर्ब गरेर करिब ७ अर्ब भुक्तानी दिनुपर्ने देखिएको थियो ।
२०६९ भदौंदेखि ओरियण्टल सहकारी बन्द रहदै आएको थियो । गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन भएको समस्याग्रस्त सहकारी जाँचबुझ आयोग अध्ययनका क्रममा ओरियण्टलविरुद्ध १२ हजार ९ सय ६२ वटा उजुरी दर्ता भएका थिए । बिभिन्न सहकारीहरूमा परेको दाबी रकमको करिब ६० प्रतिशत रकम ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले भुक्तान गर्नुपर्ने रहेको अध्ययनमा देखिएको थियो ।
बस्नेतले ओरियण्टलबाट १ अरब ३६ करोड रकम झिकेर हाउजिङमा समेत लगानी गरेका थिए । अहिले सहकारीका सञ्चालक बस्नेत कारागारमा छन् । बस्नेतले हाउजिङको जग्गा धितो राखेर १४ वटा बैंकबाट समेत १ अर्ब बढी कर्जा लिएका थिए ।
बस्नेतले जेलभित्रैबाट सवैको रकम फिर्ता गरी फेरि सहकारी चलाउन सक्ने बताउँदै आएका थिए । उनले सरकारले आफ्नो लगानी डुबाएको आरोप समेत लगाएका थिए । सरकारको हस्तक्षेपका कारणले सर्वसाधारणको लगानीमा समस्या आएको भन्दै उनले व्यावसाय सञ्चालनका लागि अपिल समेत गर्दै आएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्