
पूर्वसभासद गंगा चौधरी सत्गौवाको नाम २ वटा पार्टीबाट समानुपाति उम्मेद्वारको बन्दसूचीमा परेपछि एमाले र नयाँशक्तिमा हंगामा सुरु भएको छ ।
एकै व्यक्तिको नाम दुईवटा दलको समानुपातिक सूचीमा परेपछि गंगा चौधरी नयाँशक्ति पार्टीकी नेतृ हुन् या एमालेकी ? भन्दै दुवै दलका भित्र तनाब सुरु भएको छ ।
थरुहट तराई पार्टीका तर्फबाट दोस्रो संविधानसभामा सभासद बनेकी गंगा केही समयअघि तामझामका साथ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । बाबुरामसँग निकटम सम्बन्ध बनाएर दाङ, कैलालीलगायतका जिल्लामा डा. भट्टराईसँगै पार्टीको कार्यक्रममा हिडेकी चौधरीको एकाएक मुड फेरियो । कारण थियो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ।
जब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तिथि नजिकियो, गंगाले एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, वामदेव गौतम र केपी ओलीसँग सुटुक्कै भेटघाट गरिन् । एमाले नेताहरुसँग उनले एमालेका तर्फबाट समानुपातिक सांसद बनाइदिन आग्रह गरिन् ।
अन्ततः एमालेले नयाँशक्तिकी नेतृ गंगा चौधरी सत्गौवालाई कुनै होहल्ला नगरिकन आफ्नो पार्टीको समानुपातिक सूचीमा राख्यो । उनलाई एमालेले थारु क्लष्टरको तेस्रो नम्बरमा राखेको छ, जसले गर्दा उनी सांसद बन्ने लगभग पक्का भएको छ ।
आफ्नो पार्टीमा प्रवेश गरिसकेकी गंगाले एमालेसँग भित्री सुटुक्क साँठगाँठ गरेको डा. भट्टराईलाई पत्तै भएन् । यही कारण नयाँ शक्ति पार्टीले पनि समानुपातिकको सूचीमा गंगा चौधरी सत्गौवाको चढायो र निर्वाचन आयोगमा सूची बुझायो ।
अनि भयो बबण्डर सुरु । तर गंगाको भनाइ अनुसार उनले नयाँशक्ति पार्टीको सूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिइन् । ‘मैले सबै कानूनी प्रक्रिया पुर्याएर निर्वाचन आयोगमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, निर्वाचन आयोगले नयाँ शक्ति पार्टीको समानुपातिक सूचीबाट नाम नहटाएर नाम प्रकाशित गरेको रहेछ ।’
आफू नयाँ शक्ति पार्टीबाट वाम गठबन्धनका रुपमा एमालेको समानुपातिक सूचीमा बसेको चौधरीको दाबी छ । उनले भनिन्-‘बाबुरामजी पनि वाम गठबन्धनमा आउनुभएको थियो, त्यही भएर म पनि समानुपातिक सूचीमा गएँ, एकछिन जाने र एकछिनमा निस्कने गर्दा राम्रो हुँदैन ।’
आफूले नयाँशक्ति पार्टीबाट प्रत्यक्षतर्फको चुनाव लड्न चाहेको उनले बताइन् । ‘मैले दाङ १ बाट प्रत्यक्ष चुनाव लड्छु भनेर बाबुरामजीलाई भनेकी थिएँ, तर नदिएकोमा चित्त दुःखेको छ ।’ बाबुरामले प्रत्यक्षतर्फबाट चुनाव लड्न नदिएपछि उनि एमालेमा हकिएकी हुन ।
नयाँ शक्तिको समानुपातिक सूचीमा आफूलाई राखे पनि त्यहाँबाट सांसद भन्ने निश्चित नरहेकाले आफूले एमाले रोजेको उनि बताउछिन ।
‘म एमालेमा प्रवेश गरिसकेको व्यक्ति हुँ’, उनले भनिन्, ‘सबै कागजपत्र र कानूनी प्रक्रिया पुर्याएर एमालेमा गएकी हुँ । अब निर्वाचन आयोगले कुनै गल्ती गर्छ भने त्यसको दोष मलाई छैन ।’
थरुहट आन्दोलनमा लाग्नुभन्दा पहिले पनि अाफु एमाले नै भएकाे स्मरण गर्दै चाैधरीले बाबुराम लोकतान्त्रिक गठबन्धनतिर लागेपछि अाफुले वाम गठबन्धनतिर राेजेकाे बताइन ।
एमालेबाट उनकाे नाम समाुपातिकमा परे पनि संाद हुने पक्का चाँही नभएकाे एमाले स्राेतले बतायाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्