×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा खर्च दिने संसदीय निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा खर्च दिने संसदीय निर्णय

२ आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक रु २ लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्यव्यवस्था उपमितिले पारित गरेको छ।
कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो। राष्ट्रपति/उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको छ।
संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई पनि पूर्वपदाधिकारीमा समेटेर उनीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने प्रावधान विधेयकमा गरिएको छ। संविधानसभा सभासद्का लागि छुट्टै लोगो बनाउने र उनीहरूको मर्यादा बहालवाला सांसदको समान बनाउने विधेयकमा उल्लेख छ। ‘इतिहासमा एकपटक गठन भएको संविधानसभाबाट संविधान बनाएका कारण सभासदहरूको सम्मानका लागि यस्तो व्यवस्था गरेका हौं,’ उपसमिति संयोजक शाहीले भने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी