×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले पार्टीभित्र लिए यस्तो कठोर ‘एक्सन’, हेडक्वार्टरमाथि ‘कु’

PRIME CA

प्रचण्डले पार्टीभित्र लिए यस्तो कठोर ‘एक्सन’, हेडक्वार्टरमाथि ‘कु’

१२ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको केन्द्रीय कार्यालय अर्थात हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टीसँग एकता गर्दै माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन गरेको थियो । जसलाई पार्टीको सबैभन्दा माथिल्लो अंग बनाइएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले हेडक्वार्टरलाई भंग गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको केन्द्रीय कार्यालय विघटन भएको र केन्द्रीय सचिवालयलाई पार्टीको सबैभन्दा माथिल्लो अंगका रुपमा लिने निर्णय भएको जानकारी दिइन् । विभिन्न माओवादी घटकको एकतापछि ३३ सदस्यीय सबैभन्दा माथिल्लो पार्टीको निकायको रुपमा केन्द्रीय कार्यालय बनेको थियो । त्यस्तै, ९९ सदस्यीय सचिवालय तथा २ सय ९९ सय सदस्यीय पोलिटब्यूरो गठन भएको थियो ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत क्रमशः विस्तार हुँदै अन्तिम समयसम्म चार हजार ९ सय ९९ सदस्यीय गठन भएको थियो । माओवादीले दुई अंकको आयोजक समिति गठन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा केन्द्रीय कार्यालय भंग गरेको हो ।
विघटित केन्द्रीय कार्यालय सदस्य मणि थापाले ३३ सदस्यीय केन्द्रीय कार्यालयलाई ९९ रुपान्तरण गरिएको बताए । विभिन्न पार्टीहरुसँग एकताका क्रममा नेतृत्वमा समानता ल्याउन केन्द्रीय कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको उनको भनाइ छ । ‘माथिल्लो अंगको रुपमा सचिवालयका सबै नेता कार्यकर्तालाई समेटेर फङसनल बढी बनाउन कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको हो,’ उनले राजधानीसँग भने, ‘ पार्टी एकतामा आउने नेताहरुबिच समानता ल्याउनका लागि पनि यो गरिएको हो ।’
यसअघि हालै बसेको सचिवालय बैठकले करिब चार हजार सदस्यीय आयोजक समिति भंग गर्ने र दुई अंकको बनाउने निर्णय गरेको थियो । बैठकले सात प्रदेशबाट दुई अंकको आयोजक समिति बनाउने एजेण्डालाई अनुमोदन गराएर कार्यान्वयन गर्ने निर्णय गरेकोमा १ नम्बर प्रदेश बाहेकका प्रदेशबाट अनुमोदन समेत भईसकेको छ । भोलि बस्ने प्रदेश एकको बैठकले दुई अंकको आयोजक समिति बनाउने सचिवालयको निर्णय अनुमोदन गरेसँगै दुई अंकको आयोजक समिति गठनका लागि माथिल्लो निकायलाई बाटो खुल्नेछ ।
केही दिनमै उम्मेदवारको टुंगो
माओवादी केन्द्रले प्रदेश दुईमा अबको केही दिनमा नै उम्मेदवारी टुंगा लाग्ने जनाएको छ । प्रवक्ता भुसालले अध्यक्ष पुष्पकमल दाहाल लगायतको टिम भोलि १ नम्बर जाने र अब केही दिनमा नै उम्मेदवारी टुंगो लाग्ने बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: