Skip to content

भाटभटेनीको दादागिरी : ‘फादर्स डे स्पेसल’ भन्दै दिशा भेटिएको मिठाइ खुलेआम विक्री !

Dish Home

अर्थ सरोकार

काठमाडौँ – आज बुबाको मुख हेर्ने दिन । बुबालाई मिठो मसिनो खुवाउने दिन ।  तर यो दिनमा पनि भाटभटेनीले दादागिरी देखाएको छ ।  आफुले जे गरेपनि हुन्छ भन्ने शैलीमा बुबालाई मिठो खुवाउने दिन यस सुपरमार्केटले भने दिशा भेटिएको मिठाइ खुलेआम विक्री गरिरहेको छ । केहि समय अगाडी आँगनको मिठाइमा मानव मलमुत्रमा पाइने कोलिफर्म जिवाणु पाइएको थियो । यसरी कोलिफर्मयुक्त मिठाइ बेचेको भन्दै आँगनलाइ मुद्धा हाल्ने तयारी समेत गरिएको थियो । तर चर्चित सुपरमार्केट भाटभटेनीले त्यहि मानव दिशामा पाइने जीवाणु भेटिएको आँगनको मिठाइ खुलेआम रुपमा बेचेको पाइएको छ । पोहोर सालपनि भाटभटेनीले यस्तै दादागिरी देखाएको थियो । 


शनिबार अर्थ सरोकारको टोली भाटभटेनी पुग्दा आँगनको लोगो इंकित भएको मिठाइ बेच्न राखिएको थियो । अझ फादर्स डे स्पेसल भन्दै । यस बिषयमा आँगनले समेत स्पष्टीकरण नदिएको र सरकारले पनि प्रक्रिया अगाडी बढाएका बेला भाटभटेनीजस्तो सुपरमार्केटमा आँगनकै मिठाइ बेचिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले यसलाई आँगन र भाटभटेनी बीचको सेटिङ समेत भन्न भ्याएका छन् ।   कतिपयले यसलाई संस्कृतिमाथि नै प्रहार भनेका छन् । 

यस्तो थियो आँगन विरुद्धको अपरेशन :
सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । यसको नतिजा हेर्दा मिठाइ अखाध्य भएको फेला परेको हो । आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिएका थिए । ‘प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।

 तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको छ । कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन । मिठाइ बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुन सक्छ,’ श्रेष्ठले भने, ‘यो लापरवाहीको हद हो । १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय होइन ।’   उनले भनेका थिए । हाल भाटभटेनीले उक्त ब्राण्डका मिठाइहरु खुलेआम बेचीरहेको बारे बुझ्न खोज्दा उनीसँग सम्पर्क भएन ।

मुद्धा हाल्ने तयारी थियो, तर अपडेट छैन 

यस्तो मिठाइ उत्पादन गर्ने पशुपति फुड्स प्रालिलाइ कारवाहीको तयारी गरिएको थियो । आपूर्ति विभागले संकलन गरेको नमूना परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रोगशालामा परीक्षण गरिएको थियो । विभागले कोलिफर्म उच्च पाइएको रिपोर्ट हात पारेपछि उत्पादकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको थियो ।

‘जिल्ला अदालतमा मुद्दा दर्ताका लागि रिपोर्टको प्राविधिक परामर्श मागेका छौं,’ निर्देशक श्रेष्ठले भनेका थिए, ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी मिठाइ बेचेबापत कडा कारवाहीको माग गर्दै मुद्दा दर्ता हुनेछ ।’ खाद्य ऐनमा दुषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ । तर यो मुद्धा कहाँ पुग्यो, उसलाई कारवाही भयो कि भएन भनेर जनतालाई थाहा दिइएको छैन।


भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्