×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कलकलवा मार्जिनल तटबन्धले गर्यो भारतलाई सुरक्षित, नेपाललाई बर्वाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कलकलवा मार्जिनल तटबन्धले गर्यो भारतलाई सुरक्षित, नेपाललाई बर्वाद

Artha Sarokar

२९ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं – सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि नेपालको तराई भेगमा बाढीका कारण जनजीवन अस्तबेस्त बनाएको छ । करिव १७ बर्षअघिसम्म बर्खाको समयमा राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै खतरनाक थियो । बर्खायाममा पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले नेपालको भन्दा भारतीय भुमि अझ बढी पिडित थियो । 

तटबन्धले नेपालको तराई भेगलाई समस्या निम्त्याएको छ । यसले भारतलाई सुरक्षित बनायो तर नेपाललाई बर्बाद बनाएको छ । तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको छ । भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ। राप्तीको पानीबाट आफ्नो भूमि सिँचाई गर्न भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी