×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. भट्टराईलाई भेट्न भक्तपुर सम्म गए प्रचण्ड, दुई जना बीच भयो नयाँ सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डा. भट्टराईलाई भेट्न भक्तपुर सम्म गए प्रचण्ड, दुई जना बीच भयो नयाँ सहमति

२४ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर  – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) ले  नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारीलिन भक्तपुर पुगेका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए अध्यक्षले गरेका छन् । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न दाहाल गएका थिए । भट्टराई संगको कुरा गरे पश्चात प्रचण्डले भने अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।

शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टो छुट्टै छलफल भएको थियो । अध्यक्ष प्रचण्ड र डा भट्टराईबीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । अस्पतालमा उपचार गराइरहनु भएका डा. भट्टराईसँगको भेटपछि अध्यक्ष दाहालले उनको उपचारको क्रम चलिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उनी छिट्टै घर फर्किने विश्वास व्यक्त गरे ।
करिब एक वर्षदेखि नियमित रुपमा डा. भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा. बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी