
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
काठमाण्डौ । गलत सूचना प्रकाशित गरेर इन्साइडर ट्रेडिङ गर्न खोजेको देखिएपछी स्टक एक्सचेन्ज (नेप्से)ले रोक्का राखेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । लघुवित्तले हदैसम्मको मनपरी गरेर आर्थिक अपराध गरेको भन्दै चौतर्फी विरोध भएको थियो । विरोधपछी नेप्सेले लघुवित्तको कारोबार रोक्का गरेर कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । किसानले लघुवित्तले गत चैत १२ गते नेप्सेलाई पत्र पठाउँदै विना परामर्श हकप्रदको अजेन्डा वार्षिक साधारणसभाको सूचनामा परेको र मूल्यमा प्रभाव पार्ने कुनै मनसाय नभएको स्पष्टीकरण पठाएको थियो । कम्पनीले अव यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको भन्दै नेप्सेले यससम्बन्धमा थप अनुसन्धान नै नगरी उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ ।
क्षेत्रीयताको पावर देखाएर किशान लघुवित्तलाई नेप्सेको क्लिन चिट ?
किशान लघुवित्तमा कार्यरत एक उच्च अधिकारीले दिएको जानकारी अनुसार नेप्सेका उच्च अधिकारी र कम्पनीका सीइओले केहि दिनअघि नेप्सेमा नेप्सेका हाकिमलाई भेटेका थिए । नेप्सेका हाकिम पनि सुदूरपश्चिमका भएकाले सुदूरपश्चिमका केहि नेताहरुलाई फोन गर्न लगाएर किशानलाई क्लिन चिट दिन दबाब दिइएको थियो । ‘हाम्रो सीइओ केहि दिनअघि नेप्सेको हाकिमलाई भेट्न जानुभएको थियो । दुवैजना सुदूरपश्चिमकै हौँ कुरा मिलिहाल्छ भन्ने उहाँको तर्क थियो ।’ कम्पनीका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘उहाँ सामन्य रुपमा कुरा मिल्छ भन्ने विषयमा ढुक्क हुनुहुन्थ्यो ।’
उनले नेप्सेका हाकिम र आफ्नो कम्पनीका सीइओ केहि दिनपछि बस्ने र ‘बाँकी छलफल गर्ने’ गरी किशानको कारोबार फुकुवा भएको हो । उनका अनुसार यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेप्सेका केहि उच्च अधिकारी र किशान लघुवित्तका सीइओ इन्द्र कुमार शाहविरुद्ध उजुरीको तयारीसमेत कम्पनीका केहि उच्च अधिकारीहरुले गरेका छन् । उनीहरुले सो विषयमा ड्राफ्टसमेत तयार गरिसकेका छन् । ‘हामी अख्तियार जाँदैछौं, बाँकी कुरा अनुसन्धानले देखाउला’
भएको के थियो ?
किसान लघुवित्तले गत चैत ८ गते सतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्तावसहित आफ्नो दोस्रो वार्षिक साधारणसभाको सूचना निकालेको थियो । तर भोलिपल्टै चैत ९ गते यो लघुवित्त पुनः संशोधित सूचना निकालेर वार्षिक साधारणसभाको विशेष प्रस्तावबाट हकप्रद निष्कासनको अजेन्डा हटाएको थियो । त्यसपछि यो लफडा सुरु भएको थियो । यस्तो काम गरेर भित्री कारोबार अर्थात इन्साइडर ट्रेडिङ गर्न खोजिएको थियो ।
किशान लघुवित्तका सीइओ भन्छन्- ‘नेप्सेका हाकिमलाई चिन्दिन’
यता यस विषयमा हामीले किशान लघुवित्तका सीइओ इन्द्र कुमार शाहसँग बुझेका थियौं । उनले आफुहरु दुवै जना सुदुरपश्चिमकै भएपनि आफुले नेप्सेका सीइओलाई नचिनेको बताएका छन् । ‘उहाँ उतैको हो भन्ने सुनेको छु । तर हाम्रो चिनजान छैन । उहाँलाई एक पटक भेट्न पनि गएको हुँ तर खासै कुरा हुन पाएन ।’ अर्थ सरोकार डटकमसँग उनले भने, ‘सामान्य मानवीय त्रुटी थियो, हामीले गल्ती महसुस गरेपछि नेप्सेले कारोबार अव फुकुवा गरेको छ ।’
उनले आफ्नो नेप्सेका हाकिमसँग कुनै पनि थप भेटघाट नभएको दाबी गरे । ‘मैले र नेप्सेका हाकिम मिलेर लेनेदेन गरी हामीलाई क्लिन चिट दिएको आरोप सुनेर म छक्क परेको छु । मैले उहाँहरुसँग बसेर एक कप चिया मात्र खाएको देख्नुभयो कसैले भने त्यो घुस नै खुवाएको सम्झिए हुन्छ…’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्