×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला

PRIME CA

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला

१८ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महुली लघुवित्तको संस्थापक सेयर संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो । 
लिलामी सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७९१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ भने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: