
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – नेप्सेको महाप्रबन्धकमा सीताराम थपलियाको कार्यकाल समय सकिएपछी अव नेप्सेको महाप्रबन्धक को हुन्छ भन्ने चर्चाले यतिबेला नेपाली पूँजी बजार तातेको छ । यसो त सीताराम थपलियाको कार्यकाल सकिएपछी नेप्सेको महाप्रबन्धक पदका लागि इक्षा गर्नेहरुको लिष्ट लामो नै आउँछ भन्ने अपेक्षा गरिएको थियो । तर अहिलेको स्थिति उक्त अपेक्षाको ठिक उल्टो भएको छ । नेप्सेको महाप्रबन्धक पदका लागि सीताराम थपलियाले राम्रै जोडबल गरिरहेका छन् भने मनोज ज्ञवालीपनि महाप्रबन्धक पदका लागि समय आवश्यक लविङ गर्न थालेका छन् । यसबाहेक राष्ट्र बैंकबाट रिटायर्ड भएका केहिको नाम सुनिएपनि बजारमा उनीहरुको चर्चा र उनीहरुको लविङपनि सुन्य प्राय: छ ।
को होला महाप्रबन्धक ?
अहिलेको स्थिति हेर्ने हो भने मनोज ज्ञवाली र सीताराम थपलियाबीचनै मात्र प्रतिष्पर्धा देखिएको छ । यो बीचमा नाटकीय ढंगबाट कोहि अरु नआएको खण्डमा मनोज ज्ञवालीकै पल्ला भारी भएको देखिन्छ । लगानीकर्ता, ब्रोकर, नेपाल राष्ट्र बैंक र राजनीतिक व्यक्तित्वहरुसँगपनि राम्रै सम्बन्ध भएका मनोज ज्ञवालीलाई सबैजसोले रुचाएको देखिन्छ भने सीताराम थपलियालाई ब्रोकरले बढी र लगानीकर्ताले कम रुचाएको देखिन्छ । यसो त महाप्रबन्धक पद राजनीतिक नियुक्तिजस्तै हुने हुनाले सीताराम थपलियासँग राजनीतिक नेतृत्वलाई रिझाउन सक्ने ‘स्रोप्त’ ज्ञवालीको तुलनामा अलि बढीनै रहेको सरोकारवालाहरुको भनाइ छ ।
थपलियालाई चौतर्फी अफ्ट्यारो, ज्ञवालीलाई चौतर्फी दवाव !
यसो त सीताराम थपलियालाई नेप्सेको महाप्रबन्धक पदमा दोहोरिनका लागि चौतर्फी अफ्ट्यारो देखिएको छ । लगानीकर्ताहरुको चरम असन्तुष्टि हुनु, ब्रोकर र बोर्डको चेपुवामा पर्नु लगायतका कुराहरुले थपलियालाई अफ्ट्यारो परिरहेको जानकारहरु बताउँछन् । यता मनोज ज्ञवालीलाईपनि चौतर्फी दवाव आएको बुझिएको छ । ज्ञवालीको तुलनामा थपलियाको दौडधुप बढी भएको भन्दै ज्ञवालीलाई उनका समर्थक र शुभचिन्तकहरुले थप दवाव दिएको बुझिएको छ ।
के भन्छन् सीताराम थपलिया र मनोज ज्ञवाली ?
यसबारे अर्थ सरोकार डटकमले सीताराम थपलिया र मनोज ज्ञवालीसँग कुराकानी गर्दा सीताराम थपलियाले आफु नेप्सेमा नदोहोरिने बताएका छन् । उनले आफु नेप्सेको महाप्रबन्धक हुने लाइनमा नरहेको बताउँसै आफु उक्त पदमा नदोहोरिने बताएका छन् । यता मनोज ज्ञवाली भने सबैको साथ र समर्थन भए आफु नेप्सेलाई राम्रो बनाउने प्लानसहित नेप्सेमा जाने बताउँछन् ।