×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला म्यादी प्रहरीको गुनासो, ‘पढाइ खर्च जोहो गर्न जागिर खाएको, हाकिमले राती बलात्कार गर्न खोजे, अव जागिर खान्न’

PRIME CA

महिला म्यादी प्रहरीको गुनासो, ‘पढाइ खर्च जोहो गर्न जागिर खाएको, हाकिमले राती बलात्कार गर्न खोजे, अव जागिर खान्न’

२८ जेष्ठ २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

फाइल तस्विर 
  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे- काभ्रेका महिला म्यादी प्रहरीले महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् । बनेपामा ब्याचलर पढ्दै गरेकी सुष्म मगर (नाम परिर्वतन) ले आफुलाई प्रहरीले नै यौन दुर्व्यावाहर गरेको बताएकी छिन् । 
‘स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना मागेको थियो । पढाइ खर्च पुर्याउन जागिर खाएको थिएँ । तर इज्जतमाथि नै प्रहरीले धावा बोल्न खोजे । म मात्र होइन बनेपामा डेरा गरी बस्ने २४ वर्षीय (सुमिता केसी) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परेकी छिन् । उनीपनि ब्याचलर पढदैछिन् । एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । राती बल्ल बल्ल हाकिमबाट फुत्केकी उनी अव जागिर खन्न भनेर बसेकी छिन् । काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।’ उनले भनिन् । 
यता यस विषयमा जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए । ‘सामान्य अरु जो कोहि मान्छेले त प्रहरीकहाँ उजुरी गर्नुपर्छ ।  प्रहरीमा नै पिडित हुनु भनेको लज्जास्पद हो । उजुरी पर्यो भने हामी तत्काल छानवीन गरी कारवाहि गर्छौं ।’ उनले भने ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: