×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर महानगरका पराजित एमाले उम्मेदवारद्वारा अदालतमा फिराद

PRIME CA

ललितपुर महानगरका पराजित एमाले उम्मेदवारद्वारा अदालतमा फिराद

१८ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भरतपुर महानगरको लफडा नसकिँदै नेकपा एमालेले ललितपुर महानगरपालिकामा अर्को विवाद बल्झाएको छ । काँग्रेसबाट मेयरमा विजयी भएर चिरीबाबु महर्जनले काम सुरु गरिसकेको अवस्थामा ललितपुर महानगरमा एमाले मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत पुगेका छन् । व्यञ्जनकारले उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका छन् । मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी बुधबार मुद्धा दायर गरेको व्यञ्जनकारले बताए ।
आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमतिबना नै आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको आरोप् लगाएका छन । व्यञ्जनकारको उक्त मुद्धाको शुक्रबार पेशी तोकिएको छ ।यसअघि व्यन्जनकारले पुनः मतगणनाका लागि निर्वाचन आयोगमा उजुरी दिएपनि आयोगले अस्वीकार गर्दै मतगणना गर्नु पर्ने आवश्यकता नभएको बताएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: