
- अर्थ सरोकार सम्बाददाता
धनगढी – कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको करिब ६४ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।आयोजना निर्माण क्षेत्र बलचौरमा बसोवास गराइएका मुक्तकमैयालाई जग्गाको सट्टा भर्ना दिई अन्यत्र पुनःस्थापित गरिएको छ । बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर निर्माणमा केही समस्या उत्पन्न भएको थियो । सो क्षेत्रमा बसोवास गराइएका १६ मुक्तकमैया परिवारलाई नजिककैको काटाँक्षे गाउँमा जग्गा खरिद गरी पुनःस्थापित गराइएछि मूलनहर निर्माणमा देखिएको समस्या समाधान भएको छ ।
मुक्तकमैयालाई प्रतिपरिवार दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मुक्तकमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूलनहरको रेखाङ्कन भएको, तथा निर्माणस्थलमा परेका रुख कटानीका लागि गर्नुपर्ने प्रक्रियामा भएको ढिलाइलगायत कारण आयोजना तोकिएको समय आव २०७३÷७४ मा निर्माण सम्पन्न गर्न ढिलाइ भएको सो आयोजनाका इन्जिनियर मनिस महर्जनले बताए । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको उक्त आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण पूरा गरेको छ । इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिनको अधिकांश काम पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहरलगायत काम भइरहेको छ । आव २०७४÷७५ को अन्त्यसम्ममा निर्माण पूरा भई नहरमार्फत् पानी दिने लक्ष्य रहेको इन्जिनियर महर्जनले बताए ।
सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम पूरा भएको छ । मूलनहर निर्माणको दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको रहेको छ । आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिपुर, नारायणपुर, मुनुवा गाविसको झन्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । नेपाल सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदान समेत गरी रु १२ अर्ब ६३ करोड २१ लाखको लागतमा सो आयोजना निर्माण भइरहेको हो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्