×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजीनामा दिन प्रधानमन्त्री संसद भवनमा, ओलीको चित्त बुझाउन गाह्रो

PRIME CA

राजीनामा दिन प्रधानमन्त्री संसद भवनमा, ओलीको चित्त बुझाउन गाह्रो

१० जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – व्यवस्थापिका संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवन बानेश्वर आइपुगेका छन् ।
मंगलबार नै सदनलाई सम्बोधन गर्ने तयारी भए पनि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने बताएपछि बैठक बस्न सकेन । सोही कारण प्रधानमन्त्रीको सम्बोधन बुधबारका लागि सरेको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन ।
संसद सुचारु गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिरहेका छन्। तर, ओली अझैसम्म आइपुगेका छैनन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: