
चुनाव खारेजी अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता निर्माण गरेर अगाडि बढिरहेका बेला ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पनि माओवादी केन्द्रले जनसत्ता चलाउने खुलासा गरेका छन् । उनले आफ्नो पार्टीले जितेका ठाउँमा जनसत्ता चलाउने खुलासा गरेका हुन्।
पहिलो चरणको निर्वाचनको परिणाम आउँदै गर्दा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत हरेका प्रभाकरले एक अनलाइनसँग कुराकानीमा भने, ‘हामीले जितेका ठाउँमा जनसत्ता चलाउँछौँ, देशभर माओवादीले जितेका ठाउँलाई मोडेलको रुपमा विकास गर्ने छौँ ।’
माओवादी केन्द्र पहिलो पार्टी हुन नसन्नुको मुख्य कारण माओवादीमा आएको विभाजन रहेको बताउँदै प्रभाकरले भने, ‘माओवादीको हार वा तेस्रो स्थान माओवादीहरुबीचको फुट पहिलो र मुख्य कारण हो ।’ प्रभाकरले माओवादीमा विभाजन नअाएको भए सबै स्थानीय तह जित्ने दाबी समेत गरे ।
पहिलो चरणको निर्वाचनको नतिजा सन्तोषजनक नभएको बताएका नेता प्रभाकरले माओवादीले जित्नु र अरुले जित्नुको फरक जनताले देख्ने गरी जितेका ठाउँमा काम गरेर देखाउँने बताए ।
लोडसेडिङ अन्त्य गरेर सफल मन्त्रीको परिचय बनाएका प्रभाकरले सत्ता सञ्चालनका राम्रा र नराम्रा सबै शिक्षालाई स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्ने बताए । उनले माओवादी केन्द्रले स्थानीय तहबाटै समाजवादी सत्ताको अभ्यास गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्