काठमाडौँ – व्यवस्थापिका संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।
सो अघि सभामुख ओनसरी घर्ती व्यवस्थापिका संसदको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही सुरु भएको जानकारी दिँदै सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट पा्रप्त पत्र बैठकको सरुमै पढेर सुनाएकी थिइन् ।
सो लगत्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति संसदमा मौन धारण गरिएको थियो भने अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७४/७५ को लागि विनियोजन विधेयक पेशका लागि समय माग भएको भन्दै भोलि छलफलका समय तय गरिएको जानकारी दिइन् । सो लगत्तै बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको हो । – काठमाडौँ टुडे