×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि ? परिणामसहित हेर्नुहोस्

LAXMI SUNRISE BANK

काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि ? परिणामसहित हेर्नुहोस्

१ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि नगरपालिकामा कांग्रेस अघि छ। 

दक्षिणकालीमा एमालेले २७१, कांग्रेसले १३० र माओवादी उम्मेदवारले ६९ मत पाएका छन्। शंखरापुरमा ३ सय ७३ मत पाउँदै एमाले अघि छ भने २ सय ६२ मत ल्याएर माओवादीले दोस्रोस्थान लिएको छ। यो नगरपालिकामा कांग्रेस तेस्रो नम्बरमा छ। उसले अहिलेसम्म १७१ मत ल्याएको छ।
किर्तिपुरमा पनि एमाले अघि छ। एमालले यहाँ ५ सय ७७ मत र कांग्रेसले ४ सय ५७ मत ल्याएर दोस्रोस्थानमा छ। नागार्जुन नगरपालिकामा पनि एमाले अघि छ। यहाँ अहिलेसम्म १ सय ४४ ल्याएर एमाले अघि छ भने कांग्रेस १ सय २६ ल्याएर दोस्रोमा छ। यहाँ नयाँ शक्ति तेस्रो स्थानमा आइपुगेको छ। 
८६ मत ल्याएर बाबुराम भट्टराइको नयाँशक्तिले तेस्रो स्थान हात पारेको हो। टोखामा भने कांग्रेसले अग्रता लिएको छ। ४ सय ३९ मत ल्याएर कांग्रेस अघि छ एमाले दोस्रोस्थानमा ४ सय २८ मत ल्याएर बसेको छ भने माओवादीको १ सय १३ मत आएको छ। 
कागेश्वरीमा कांग्रेसले ३७२, एमालेले २१५ र माओवादीले १४४ मत पाएका छन्। चन्द्रागिरिमा पनि ४ सय ६६ मत ल्याएर कांग्रेस अघि छ। यहाँ माओवादीले २ सय ८१ ल्याएर दोस्रो र एमालेले २ सय १५ ल्याएर तेस्रो भएका छन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी