Skip to content

म्याद गुज्रेका समानको आफैं पुन: मिति थपेर यसरी बेच्छ भाटभटेनी ! (हेर्नुहोस् प्रमाण)

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रचण्डका निकै निकट मानिएका व्यवसायी मीन बहादुर गुरुङले प्रचण्ड सरकारमा भएदेखि नै मनपरी कामलाई अलि बढी नै तीब्रता दिएको चर्चा चलेको थियो । त्यसको पछिल्लो उदाहरण भेटिएको छ । गन्हाउने, ढुसी परेको सामानलाई २०१८ सम्म म्याद छ भन्दै एउटा किन्दा अर्को सित्तैमा दिएर भाटभटेनीले विक्री गरेको आरोप भाटभटेनीका ग्राहकहरुले लगाएका छन् । यस्तै प्रतिनिधि घटना केहिदिनअघि भेटिएको छ ।
एक ग्राहकले भाटभटेनीबाट एउटा किन्दा अर्को सित्तैमा भन्दै किनेको एक खाद्य पदार्थ पछी हेर्दा गन्हाउने भएपछी उनले फेसबुकमा भाटभटेनीका मालिक मीन बहादुर गुरुङसमेतलाई ट्याग गर्दै फेसबुकमा भाटभटेनीले आफुलाई ठगेको आशयको स्ट्याटस लेखेका छन् । २०१८-०३-०२ सम्म म्याद भएको उल्लेख गरिएपनि उक्त खाद्य पदार्थबाट दुर्गन्ध आएको उनले आफ्नो फेसबुकमा लेखेका छन् । उक्त समानको मूल्य २८० रुपैयाँ थियो । तर २८० रुपैयाँमा पाएको दुईवटा उक्त खाद्य पदार्थ खाने नहुने भएपछी उनले यस्तो स्ट्याटस लेखेका थिए ।
हुन त यसअघिपनि भाटभटेनीले एउटा किन्दा अर्को सित्तैमा भन्दै जनता ठग्ने गरेको खबर बाहिरिएको थियो । भाटभटेनीले म्याद गुज्रिएका समानहरुको लेवल निकालेर अर्को मिति राख्ने गरेको तथ्य सार्वजनिक भएको थियो । भिडियोमा हेर्नुहोस् केहि समयअघिको भाटभटेनीको कर्तुत एभिन्यूज टेलिभिजनको कार्यक्रम खबर भित्रको खबरमा : 
  

भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्