
मोरङ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो। सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।
उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ ।
स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालार्य सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्