×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीबाट देउवाको एक कलले एकाएक व्याक भए प्रधानमन्त्री प्रचण्ड

PRIME CA

कैलालीबाट देउवाको एक कलले एकाएक व्याक भए प्रधानमन्त्री प्रचण्ड

अर्थ सरोकार

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – आफ्नो अनुपस्थितीमा कुनै पनि निर्णायक वार्ता नगर्न कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएपछि प्रचण्ड एकाएक व्याक भएका छन । सोही कारण प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता समेत प्रभावित भएको छ ।
आइतवार विभिन्न मधेसी दलका शिर्षस्थ नेताहरुसँगको छलफल पछाडि प्रधानमन्त्री प्रचण्डले आज मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने बताँउदै आएका थिए । यसरी यो वार्ता एकाएक स्थगित हुनुको पछाडि हाल कैलाली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाका दबाबले काम गरेको बताइन्छ ।
सोही दबाबका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अचानक वैठक स्थगित गरेका उनी निकट स्रोतले पृष्टी गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीबाट फोन गरेपछि प्रधानमन्त्री प्रचण्डले बैठक रोकेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । देउवाले आफु आएपछि वैठक गरेर टुङ्गो पुग्नुपर्ने बताएका छन् ।
निर्णायक हुने भनिएको उक्त वार्ता अहिले बिहान दश बजेका लागि तय भएको थियो । हिजो दुईपटक मोर्चाका नेतासँग छुट्टाछुट्टै भेटगरेपछि प्रचण्डले आज बिहान १० बजे सरकारी निवास बालुवाटारमा निर्णायक वार्ताका लागि मोर्चाका नेताहरुलाई बोलाएका थिए ।
यद्यपि मधेसी नेताहरुका अनुसार,प्रधानमन्त्री प्रचण्डले यो वार्ता एकाएक स्थगीत गर्नुको पछाडि कांग्रेस सभापति देउवा,एमाले अध्यक्ष ओली थाइल्याण्ड र महन्थ ठाकुर समेत काठमाडौं बाहिर रहेका कारण स्थगित भएको स्वीकारेका छन । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: