Skip to content
LAXMI SUNRISE BANK

डीएसपीको ध्यान असुलीमा !

अर्थ सरोकार

काठमाडौं । प्रायजसो सधैं शक्तिशाली व्यक्तित्वको चाकडी गरेर मालदार र प्रभावशाली स्थानमा रहने डीएसपी सन्तोष तामाङले असुली धन्दामा श्रेष्ठता हासिल गरेका छन् । केपी ओली प्रधानमन्त्री छउन्जेल प्रधानमन्त्रीको बडीगार्डका रूपमा रही बालुवाटारको सूचना कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नियमित पु¥याउने काम गरेका उनले अहिले बालाजु वृत्तको डीएसपी रहेर असुली धन्दा जारी राखेको भन्दै गुनासो बढेको छ ।
केपी ओली सरकारबाट हटेलगत्तै पछिल्लो सरुवामा बालाजु वृत्तको प्रमुखका रूपमा मिलाउन सफल उनले बालाजुको स्थानीय जनतालाई सुरक्षाको अनुभूति दिनुपर्ने ठाउँमा आतंक सिर्जना गरिरहेको बताइन्छ । डीएसपी तामाङले आफ्ना अंगरक्षकका रूपमा रहेका हवल्दार धनराज कँडेलमार्फत असुली जारी राखेको बताइएको छ । कमलपोखरी दरबन्दी भएका कँडेललाई असुलीकै लागि डीएसपी तामाङले आफूसँग राखेको बुझिएको छ । हवल्दार भए पनि कँडेलले आफ्नो ड्युटी नगर्ने तर डीएसपी तामाङको प्रत्यक्ष निर्देशनमा असुलीमै हिँड्ने गरेको भन्दै सर्वत्र गुनासो आएको छ ।
विभिन्न संदिग्ध व्यक्तिहरूसँग सम्बन्ध रहेका डीएसपी तामाङले हरेक मुद्दामा नाजायज रकम संकलन गर्दै मिटर ब्याजमा लगानी गर्ने गरेको गुनासो आएको छ । त्यति मात्र होइन, उनी उक्त क्षेत्रमा गएपछि बालुवाको अवैध निकासी बढेको तथा उक्त क्षेत्र आसपासमा खुलेयाम यौनधन्दा फस्टाएको बुझिएको छ । ओशो तपोवन क्षेत्र आसपास मात्र होइन, त्यस बसपार्क, गोंगबु र त्यसवरपरका करिब ४ सय होटल तथा गेस्ट हाउसहरूमा खुलेआम यौनधन्दा चलाएर डीएसपी तामाङ दिनदहाडै असुली जारी राखेको भन्दै त्यस क्षेत्रका व्यवसायीहरू आतंकित भएका छन् ।
डीएसपी तामाङ त्यस क्षेत्रमा गएपछि रसुवाको सीमा–नाकाबाट रक्त चन्दन ओसारपसार पनि बढेको बताइएको छ । पछिल्लो समय व्यवसायीहरूले सुरक्षाको अभाव भएको भन्दै विभिन्न्न टोले गुन्डा तथा अन्य आवाराहरूले धम्की दिँदा तुरुन्त प्रहरी बोलाएर सुरक्षाको प्रत्याभूति दिन माग गरे पनि डीएसपी तामाङले भने बेवास्ता गर्ने गरेको बताइन्छ । वृत्तसँग सीआरभी भ्यान स्ट्यान्डबाई रहे पनि रेस्क्युका लागि प्रहरी भ्यान पठाउने गर्दैनन् । कतै तुरुन्त प्रहरीको भ्यानमार्फत सुरक्षाको माग भए पनि ‘पेट्रोल छैन’ भनेर भ्यान नपठाउने गरेको बुझिएको छ । जबर्जस्ती भ्यान गइहालेमा पनि जो पीडित हो, उसैले पेट्रोल खर्च भन्दै प्रहरीलाई पैसा दिनुपरेको व्यवसायीहरूले गुनासो गरेका छन् । बुधबार साप्ताहिकमा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK