×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदुतको चक्मा,दिमाग चाटेर उडे दिल्ली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदुतको चक्मा,दिमाग चाटेर उडे दिल्ली

२३ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गरे लगत्तै छिमेकी मुलुक भारत उनीसँग चिडिएको छ । भारतकै जोडबलमा प्रधानमन्त्री बनेका प्रचण्डसँग भारत चिढिएको पछिल्लो कडी हो नवनियुक्त राजदुत मञ्जिव पुरी र प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ता ।
चीन भ्रमणमा निस्कनु अगाडि नै भारतीय राजदुत मञ्जिव पुरी नेपाल आउने पक्का भइसकेको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई चीन जानु अगाडि नै भेट्ने कार्यक्रम समेत तय भइसकेको थियो । तर मञ्जिव पुरी एक दिन ढिला गरी नेपाल आए । उनी नेपाल आउँदा प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गरिसकेका थिए ।
कुनै पनि राजदुतको पहिलो राजनीतिक भेटघाट त्यहाँको प्रधानमन्त्रीबाट सुरु हुन्छ । तर नवनियुक्त भारतीय राजदुतको हकमा भइदियो ढ्याक्कै उल्टो । उनले पहिलो राजनीतिक भेट कांग्रेस सभापति देउवासँग गरे । देउवालाई वुढानिलकण्ठस्थित उनकै निवासमा पुगेर भेट गरे । दोश्रो भेटका रुपमा एमाले अध्यक्ष केपी ओलीसँग भयो । त्योृ भेट सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा भएको थियो ।
तेश्रो भेट मधेसी दलका नेताहरुसँग गरे । भारतीय राजदुत सिंहले एउटा भेट तमलोपा पार्टी कार्यलयमा महन्थ ठाकुरसँग एक्लै गरे भने मधेसी नेताहरुसँग दोश्रो भेट सोही साँझ भारतीय दुतावास लैनचौरमा राजेन्द्र महत्तो,उपेन्द्र यादव,महन्थ ठाकुरहरुसँग गरे । अरु साना दलका मधेसी नेताहरुलाई राजदुतले भेट गर्न चाहेनन् । यी सबै नेताहरुलाई भेट गरिसकेपछि अन्तमा मात्र प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदुतबीच भेट भयो ।
यी सबैसँग भेट गरिसके पछि यहाँको सन्देश बोकेर राजदुत दिल्ली उडेका छन । यसरी सुरुमा प्रधानमन्त्री प्रचण्डलाई झुक्काउनु र अन्तमा सबै दलका नेतालाई भेट गरेपछि प्रधानमन्त्रीसँग भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । – एस काठमाडौं
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी