
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्रीले वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मंगलबारसम्ममा उहाँले वरीयता टुंग्याउनुहुन्छ ।’
थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा निधि नै सिनियर
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् ।
मन्त्रिपरिषद्को बैठक बस्न सकेन
निधि र थापाको वरीयता विवादका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको छ । मन्त्रिपरिषद् बैठकबाट आफ्नो चीन भ्रमण स्वीकृत नगराई प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएका थिए । थापा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्को बैठक एकपटक मात्र बसेको छ । पछिल्लो बैठक ३ चैतमा बसेको थियो । त्यसवेला प्रधानमन्त्रीले थापालाई आफूपछिको वरीयतामा राखेका थिए । निधि नयाँदिल्लीमा रहेकाले बैठकमा उपस्थित थिएनन् । थापा सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीले आफूपछिको वरीयतामा निधिलाई राख्दै आएका थिए । आफू विदेश भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निधिलाई नै दिँदै आएका थिए । तर, चीन भ्रमणमा जाँदा भने विवादका कारण कसैलाई पनि कार्यबाहक दिएनन् । नयाँ पत्रिकामा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्