
काठमाडौँ – नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेकपा एमालेलाई नराम्रोसँग झुक्काएपछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।
गत सोमबार नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा भेटवार्ता भएको थियो । र राजनीतिक रुपमा गरिएको यो भेटलाई नै आफ्नो पहिलो भेटको रुपमा राजदुत र भारतीय दुताबासले जनाएको थियो । तर,उनले यस अगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको देउवा निकट स्रोतले जनाएको छ ।
गत शनिवार काठमाडौं आइपुगेका नवनियुक्त राजदुत सिंहले अस्ति आइतवार कांग्रेस सभापति शेरबहादुर देउवासँग देउवा निवास वूढानिलकण्ठमा पुगेर भेटवार्ता गरेको देउवा निकट सूत्रले जनाएको छ । स्रोतका अनुसार, आइतबार काँग्रेसको बैठक सकिनासाथ देउवाले भारतीय राजदूतलाई आफ्नै निवासमा निम्ता दिएका हुन् ।
पुरीले ओलीलाई भेट्नुअघि नै नेपाली काँग्रेस सभापति शेरबहादुरसँग ‘डिनर’ सहित भेटवार्ता गरेको खुलासा भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि नै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको कुरा पछिमात्र सार्वजानिक भएपछि एमाले भित्र खैलाबैला मच्चिएको छ । यस अगाडिका भारतीय राजदुत रञ्जित रे,राकेश सुद लगायतका अधिकांश भारतीय राजदुत कुनै न कुनै रुपमा विवादित छन । नवनियुक्त मञ्जिव सिंह पनि सुरुमै विवादमा तानिएका छन ।
– एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्