×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभापतिज्यू तपाई पार्टी सभापति हो कि बदनाम व्यापारी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सभापतिज्यू तपाई पार्टी सभापति हो कि बदनाम व्यापारी ?

१४ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – महाअधिवेशनको ६ महिनापछि कांग्रेस केन्द्रीय कार्यलय सानेपामा बसेको बैठकमा सभापति शेरबहादुर देउवाको चौतर्फी आलोचनाको शिकार भएका छन ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति देउवा सिंहदरवार वरिपरी घुम्ने र कुन नियुक्तिबाट कति पैसा असुल्ने भन्ने धन्दामा मात्रै सिमित भएको आरोप लगाए । ‘म हेरेर बसिरहेको छु । पार्टीलाई यो भन्दा बढी बदनाम गर्ने ठाउँ पनि छैन । यति बदनामी कांग्रेसको इतिहासमा कहिल्यै भएको पनि थिएन । कोइरालाले अगाडि थपे ‘शेरबहादुरजी जो पार्टी नेतृत्वमा हुनुहुन्छ, उहाँ आएपछि कांग्रेसमा के भयो ? उहाँले सिंहदरवार वरिपरी घुम्ने र कुन नियुक्तिबाट कति पैसा झार्न सकिन्छ, झार्ने बाहेक के काम गर्नु भयो ?’
कोइरालाको आक्रोश अझैं मत्थर भएको थिएन । उनले अगाडि थपे ‘‘खुमबहादुरजीलाई आठौं वरियता केका आधारमा राख्नु भयो ? मलाई थाहा छ, तपाईंले मलाई राख्नु हुन्नथ्यो । मलाई चाहिएको पनि छैन नराखेर ठीक गर्नु भयो । तर, पार्टीलाई बदनामी गरेर समाप्तै पारिदिनु भयो तपाईंले ।’ कोइरालाले आइजीपी र राजदूत नियुक्तिमा सभापति देउवाको भूमिका बदनाम ब्यापारीको जस्तो भएको वताए । कोइरालाले बाहिर भन्न मात्रै अप्ठ्यारो भएको जनाउँदै एमालेले देशब्यापी माहौल ल्याएका बेला कांग्रेसको नेतृत्व राज्य संयन्त्रबाट रकम असुल्ने काममा ब्यस्त रहेको बैठकमा उठाए ।
‘कांग्रेस आज कहाँ छ ? शेरबहादुरजी सिंहदरवार वरिपरी, वालुवाटार वरिपरी घुम्नुहुन्छ । रामचन्द्रजी कोठे बैठकमा हुनुहुन्छ । अरु सबै पार्टी चुनावमा लागिसके । कांग्रेस नेतृत्व पैसा उठाउने बाहेक केही गर्दैन’ कोइरालाले भने, ‘एमालेको बाहिर त्यत्रो माहौल बनेको छ । मुख खोलेर कांग्रेसले ठीक गर्यो भन्न सक्ने अवस्था छैन ।’
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी