×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो ७५ हजार बेरोजगारका लागि रोजगारीको अवसर

PRIME CA

खुल्यो ७५ हजार बेरोजगारका लागि रोजगारीको अवसर

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

बेरोजगार नेपाली युवा युवतीका लागि खुसीको खबर छ । झण्डै ७५ हजार युवा युवतीले स्थानीय तहको निर्वाचनमा जागिरे बन्न पाउने भएका छन् ।
गृह मन्त्रालयले स्थानीय निर्वाचनलाई लक्षित गर्दै ७५ हजार युवा युवतीलाई म्यादी प्रहरीको रुपमा परिचालन गर्ने भएसँगै रोजगारीको ढोका खुलेको हो । नेपाल प्रहरीले बिहीबार सूचना जारी गर्दै ७५ हजार म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ ।
म्यादी प्रहरीमा आवेदन दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष पार नगरेको हुनुपर्ने छ । यस्ता व्यक्तिहरुले म्यादी प्रहरीको लागि आवेदन दिनसक्ने जनाइएको छ । इच्छुक आवेदकले नेपाल प्रहरीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
म्यादी प्रहरीको जागिरको अवधी ५५ दिनको हुनेछ । म्यादी प्रहरीका लागि मासिक १७ हजार २ सय ३० रुपैयाँ कमाउन सक्ने छन । आवेदन दिनसक्ने मिति चैत १७ गतेसम्म रहेको छ । इच्छुकले आवेदन फारम भर्न पाउने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: