
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – चितवनमा अब ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले भाडामा छुट पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ज्येष्ठ नागरिकहरूका लागी यात्रा गर्दा सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत भाडा छुट गर्ने सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।
नेपाल सरकारले ज्येष्ठ नागरिकहरूका लागी भाडामा छुट दिन निर्देशन दिए पनि यातायातसँग सम्बन्धित विभिन्न व्यवसायीहरुले यसलाई असहमति जनाए पछि कार्यान्वयनमा आउन सकेका थिएनन् । ‘महिला तथा बालबालिका कार्यालयले वितरण गरेको ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा अब उनीहरूले छुट पाउने भएका छन् ।
‘चितवनमा नै पहिलो पटक ज्येष्ठ नागरिकहरूले यात्रामा छुट पाउने व्यवस्थाको कार्यान्वयन गरिएको बताउदै अब देखि ’ हरेक सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकको सिट भनेर तोकिएको हुँदा उनीहरूलाई तोकिएकै सिटमा बसनुपर्ने बताए । यस्तै, विभिन्न यातायात व्यवसायी समिति, जिल्ला प्रशासन, प्रहरी कार्यालय, ट्राफिक लगायतका विभिन्न निकायका प्रमुखहरूसँग भएको छलफलका क्रममा हरेक १५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधनहरूले २ सिट ज्येष्ठ नागरिकका लागी , २ सिट अशक्त÷अपाङ्गता भएका व्यक्तिहरूका लागी र २ सिट महिला भनी स्पष्ट लेख्ने व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।
आरक्षित लेखिएको सिटमा बसेका अन्य कोही व्यक्तिले सिट छोड्न इन्कार गरेमा वा निज माथि अभद्र व्यवहार गरेमा तत्कालै कारबाही गरिने समेत निर्णय गरिएको प्रजिअ भट्टले बताए । उक्त निर्णयको कार्यान्वयन भए नभएको बारे अनुगमन गर्नका लागी सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा अन्य विभिन्न स्थानीय निकाय तथा सम्बन्धित क्षेत्रमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरू सदस्य रहने गरी समितिसमेत गठन गरिएको प्रजिअ भट्टले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ४६५ वटा अटो रिक्सा चालकहरूलाई दूरी अनुसारको भाडादरको तालिका वितरण गरेको छ । सवारी चालक तथा सञ्चालकको नाम, ठेगाना र मोबाईल नं। सहितको अभिलेख राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भाडादरको तालिका वितरण गरेको हो । अटो रिक्सा चालकहरूलाई आफूले चलाउने अटोरिक्सासहित ट्राफिक प्रहरी कार्यालयमै उपस्थित गराएर आवश्यक परामर्श दिएर मात्रै भाडादरको तालिका वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
‘अटो रिक्साहरूले मनलाग्दी रूपमा भाडा लिने, जहाँ पायो त्यहीँबाट मोड्ने, तीव्र गतीमा हाँक्ने लगायतका विभिन्न खालका जनगुनासाहरू आएकोले हामीले प्रशिक्षणसहित भाडादरको तालिका वितरण गरेका हौँ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, ‘यसो गर्दा जिल्लामा कति वटा अटो–रिक्सा सञ्चालन मा छन् भन्ने कुरा पनि प्रष्ट हुन्छ ।’
सर्वसाधारण हरूबाट विभिन्न खालका गुनासा तथा प्रतिक्रिया हरू आउने क्रम नरोकिएपछि यही चैत १ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालकहरूलाई प्रशिक्षण सहितको भाडादरको तालिका वितरण गरेको उनले बताए । यसरी ट्राफिक प्रहरीमा अभिलेख रहने गरी भाडादर वितरण गर्दा कुनै कारण सवारी दुर्घटना भएमा समयमै छानबिन गर्न पनि सजिलो हुने ट्राफिक प्रहरीले बताएको छ । ‘अटो रिक्साको विषयमा अनुगमन गर्नु परे पनि सजिलो हुने भएकोले ट्राफिक प्रहरीले चालेको यो कदमले पूर्णता पाउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पन्तले भने, ‘कुनै यात्रुको सामान छुटेछ भने पनि उसले सजिलैसँग आफ्नो सामान पाउन सक्ने भए ।’ अबदेखि अटोरिक्साले न्युनतम १५ देखि अधिकतम ४५ रूपैयाँसम्म मात्रै भाडा लिन पाउने उनले बताए । तर, एउटै व्यक्तिले रिजर्ब गर्न चाहे मा दूरीको आधारमा प्रतिकिलोमिटर ३० रूपैयाँमा यात्रा गर्न पाउनेछन् यदी तोकेभन्दा बढी भाडा लिएको पाइएमा कारबाही गरिने उनले बताए । यस्तै जिल्लामा सञ्चालित ट्याक्सीहरूका लागि पनि निश्चित भाडादर कायम गरिएको छ ।
चैत १ गतेबाटै लागू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण मंगलबारबाट मात्रै उक्त कामको सुरूवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले जनाएको छ। चितवनमा सञ्चालित सबै ट्याक्सीले दूरीका आधारमा प्रतिव्यक्ति ३५ रूपैयाँ प्रति किलोमिटर भाडा लिन पाउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त ले बताए । हरेक ट्याक्सी चालकले आफूले चलाउँदै आएका ट्याक्सीसहित ट्राफिक प्रहरीमा सम्पर्क गरेर भाडादरको तालिका लिन सकिने उनले बताए । ट्याक्सी व्यवसायी संघको सल्लाहको आधारमा निश्चित भाडादर कायम गरिएको प्रनि पन्तको भनाइ छ ।
जिल्लामा करिब २५० भन्दा बढी ट्याक्सी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको अनुमान छ । ट्याक्सी र अटो रिक्सा सबै साना सवारी साधनले दिउँसो र राति भनेर यात्रुहरूसँग फरक–फरक भाडा लिन नपाइने प्रहरी निरीक्षक पन्तले बताए । उनले तोके भन्दा बढी भाडा लिएको पाइएमा तत्कालै जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक प्रहरी कार्यालयको १०३ मा सम्पर्क गर्न सबैमा आग्रह गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्