×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-चीन सम्बन्ध सुदृढ गर्न भ्रमण महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल-चीन सम्बन्ध सुदृढ गर्न भ्रमण महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री

Artha Sarokar

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
 प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताए । आफ्नो चीन भ्रमण मुलतः सद्भावना भ्रमण भएको उनको भनाइ दियो । प्रधानमन्त्रीले भ्रमणका क्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध विषयमा छलफल हुने जानकारी दिए ।
 प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञहरुको सुझाव धेरै फलदायी हुने भन्दै धन्यवाद ज्ञापन गरे। सो भेटमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा।रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतको सहभागिता थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी