×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाने बेलामा पनि बुझाएनन् यी मन्त्रीले सम्पत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाने बेलामा पनि बुझाएनन् यी मन्त्रीले सम्पत्ति

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मन्त्री भएको १५ दिनभित्रै आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने नियमलाई वर्तमान सरकारका दुई मन्त्रीले धोती लगाइदिएका छन् । श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदार, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले मन्त्री भएको चार महिना बित्न लाग्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
ज्वारजन र गच्छदारले गत मंसिर १५ गते राज्यमन्त्रीको शपथ लिएका हुन् । एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ४५ सदस्यीय वर्तमान मन्त्रिमण्डलमा सम्पत्ति विवरण नबनाउनेको सूचीमा राप्रपाबाट नियुक्त उपप्रधानन्त्री तथा स्थानीय विकासमन्त्री कमल थाापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री परशुराम तामाङ पनि छन् । तर, उनीहरूले मन्त्रीमा शपथ लिएको आज १४ दिन भएको छ । उनीहरूले गत फागुन २६ गते मन्त्रीको शपथ लिएका हुन् । नियमित भोलिसम्ममा उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । उनीहरूले सम्पत्ति विवरण नबुझाउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटको सम्पत्ति महल खाली छ ।
सम्पत्ति विवरण नबुझाउने खरो स्वभावकी ज्वारजन कांग्रेस कोटाबाट मन्त्री भएकी हुन् । गुल्मी, पाल्पा र रूपन्देही आसपासमा कान्छी थकाल्नी’ नामले चिनिने उनी ०४९ सालमा गुल्मी जिल्लाको जिविस उपसभापति थिइन् । मोरङका गच्छदार पनि कांग्रेस कोटाबाट मन्त्री भएका हुन् । उनी यसअघि सांसदका रूपमा तोकिएको समयभन्दा ढिलो सम्पत्ति विवरण बmुझाए पनि ५ हजार जरिवानाबाट बचेका थिए । 
भ्रष्टाचार निवारण ऐनअनुसार ३० दिन म्याद थपको प्रावधानमा टेकेर उनले जरिवानाबाट उन्मुक्ति पाएका थिए । उनीसहित ढिलो विवरण बुझाउने १४ जना सांसदको सूची राष्ट्रिय सतर्कता केन्द्रले अख्तियारमा पठाएको थियो । तर, अख्तियारले थप कारबाही गर्न नपर्ने भन्दै संसद् सचिवालय र सतर्कता केन्द्रमा पत्राचार गरेको थियो । बुधबार साप्ताहिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी