×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री पुत्रसँग तेस्री पत्नी पनि सशंकित !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री पुत्रसँग तेस्री पत्नी पनि सशंकित !

Artha Sarokar

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण दाहालकी तेस्री पत्नी बिना मगर सशंकित बनेपछि यत्तिकै रोकिएको छ ।

पर्वतका मनहरि तिमिल्सेनाले उपसचिव तहको नियुक्ति छाडेर बाहिरिएपछि सीएम प्रचण्ड डट कम, फेसबुक र ट्विटर अद्यावधिक गर्ने एकजना पत्रकार पृष्ठभूमिको मान्छे चाहिएको छ । त्यसका लागि प्रकाश दाहालबाट प्रस्ताव गरिएको पात्र महिला पर्नुलाई बालुवाटारमा स्वाभाविक मानिएको छैन । दुई वर्षअघि तेस्री पत्नीका रूपमा बिना मगरलाई भियाएका उनले त्यस्तै बानी पुनरावृत्ति गर्न लागे कि भन्ने त्रास बिनालाई मात्र होइन, आमा–बासम्म पनि पुगेको छ । प्रकाश स्वयंको लगानीमा उजिर मगरहरूले सञ्चालन गरिरहेको एभरेस्ट दैनिक डट कममा कार्यरत महिलालाई टिमको सदस्य भन्दै बालुवाटार भियाएर प्रकाशले एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।

स्रोतका अनुसार प्रकाशसँगको राम्रो मित्रताका कारण अरू पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको  छ । बेला–बेलामा प्रकाश ‘लौ न, एकजना मान्छे राख्नुप¥यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् । चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन ।

नुवाकोटकी प्रभा बोगटीसँगको पहिलो विवाह टुंग्याएर पोखराकी सिर्जना अधिकारीसँग प्रकाशले मागी विवाह गरेका थिए । उनीबाट एक छोरा जन्मेपछि बेवारिसे छाडेर कञ्चनपुरकी बिना मगरसँग दिल्लीतिर भागेका थिए । अहिले बिनाबाट पनि एक छोरा छन् । सुनाकोठीतिर अपार्टमेन्ट लिएर बसे पनि दुई महिनाअघि आमा सीता दाहाल बिरामी भएयता उनीहरू त्यही बेलादेखि बालुवाटार बस्दै आएका छन् । बुधबार साप्ताहिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी