×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन कसैले रोक्न सक्दैन : बरिष्ठ नेता जबरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्वाचन कसैले रोक्न सक्दैन : बरिष्ठ नेता जबरा

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताएका छन् ।
रफत सञ्चार क्लबले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमती भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताए ।
उनले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण बिषयबाट अल्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेशलाई बाईपास गरेर अगाडी बढ्न नहुनेमा जोड दिए । राप्रपा संशोधनको बिरोधमा नरहेको भन्दै उनले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न सबैलाई आग्रह गरे ।
राप्रपाको एजेन्डा निर्वाचन आयोगले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर विवाद श्रृजना गरेको आरोप लगाँउदै उनले आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानिय तहको निर्वाचनमा जाने बताए । उनले मधेशी मोर्चाले सरकारलाई दिएको सम्र्थन फिर्ता लिएसँगै सरकार अप्ठेरोमा पर्ने र निर्वाचन नहुने अवस्थालाई मध्य नजर गर्दै आफूहरु सरकारमा सामेल भएको जिकिर गरे । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता बिभिन्न दलहरुले उलंघन गरिरहेको तर्फ आयोगको ध्यान जानु पर्नेमा उनले जोड दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी