
काठमाडौं – धितोपत्र दलाल व्यवसायीहरूले हाल प्रयोग गर्दै आएको ‘ब्रोकर ब्याक अफिस सफ्टवेयर’मार्फत सेयरको अनलाइन खरीदविक्री हुन सक्ने देखिएको छ। अनलाइन प्रणाली लागू गर्न धितोपत्र दलाल व्यवसायीहरूलाई नेपाल धितोपत्र बोर्डले हालै परिपत्र जारी गरेको थियो। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले विद्यमान ‘अटोमेटेड ट्रेडिङ प्रणाली’ प्रतिस्थापन गरी ल्याउन लागिरहेको अनलाइन ट्रेडिङ प्रणालीलाई सहजीकरण गर्न तथा पूर्वाभ्यासका रूपमा ‘ब्रोकर ब्याक अफिस सफ्टवेयर’ सञ्चालन गर्न लागेको बताइएको छ ।
बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले आगामी दिनमा अनलाइनमार्फत कारोबार हुने हुँदा त्यसको पूर्वाभ्यासका रूपमा यो व्यवस्था गर्न लागेको जानकारी दिए । यसै सन्दर्भमा धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताको जानकारीका लागि सफ्टवेयर निर्माता कम्पनीहरूले बोर्डको संयोजनमा हालै अन्तरक्रियात्मक प्रस्तुति गरेको छ । उक्त कार्यक्रममा ब्रोकर ब्याक अफिस सफ्टवेयरमार्फत कसरी शेयर खरीदविक्री आदेश दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
उक्त अवसरमा लगानीकर्ताले दिएको खरीदविक्री आदेश कसरी ब्रोकरलाई जानकारी हुन्छ र कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरिएको थियो । सो अवसरमा लगानीकर्ताहरूले आदेश रद्द गर्न मिल्ने वा नमिल्नेजस्ता सुविधा उक्त प्रणालीमा हुनुपर्नेमा जोड दिए । यसैगरी धितोपत्र दलाल व्यवसायीहरूले सो प्रणाली लागू गर्न थप कम्प्युटर र जनशक्ति आवश्यकता पर्ने बताएका थिए । ब्याक अफिस सिष्टममार्फत प्राप्त आदेश कार्यान्वयन गर्न र तथ्याङ्कको अभिलेखीकरण गर्न सफ्टवेयरमा केही सुधार गर्नुपर्ने तर्क पनि उनीहरूले गरे ।
छलफलमा सफ्टवेयर निर्माताहरूले लगानीकर्ता तथा दलाल व्यवसायीका जिज्ञासाअनुसार प्रणालीमा सामान्य सुधार गरी सहज रूपमा खरीदविक्री गर्न सकिने स्पष्ट पारे । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले सहज रूपमा अनलाइनमार्फत कारोबार हुने व्यवस्था गरिने बताए । प्रणालीमा देखिएका कमीकमजोरीहरू तथा थप गर्नुपर्ने व्यवस्थाहरू बारेमा समेत छलफल भएकाले यसले आदेश व्यवस्थापनमा पारदर्शिता र सहजता ल्याउने तथा ब्रोकर कार्यालयमा रहने कारोबारसम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्नुपर्ने सहभागीको सुझाव छ । यसका साथै, लगानीकर्ताहरूलाई समेत सुविधा हुने देखिएकाले प्रणालीमा केही सुधार गरी यसलाई क्रमशः प्रयोग गर्न सकिने सहभागीहरूको भनाइ छ । यो समानचार आर्थिक अभियान दैनिबाट लिईएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्