
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य मन्त्री इन्द्रबहादुर बानियाँको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री रहेका बानियाँलाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिएका गृह मन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
केही दिनअघि मन्त्रिपरिषद विस्तार हुँदा नेपाली कांग्रेसको नेतृत्वमा रहेको पर्यटन मन्त्रालयको जिम्मेवारी राप्रपाका नेता दिलनाथ गिरीलाई दिइएको थियो । मन्त्रालय अर्कै पार्टीको नेतृत्वमा पुगेपछि राज्य मन्त्री पनि हेरफेर गरिएको हो । पर्यटन मन्त्री रहेका कांग्रेस नेता जीवनबहादुर शाहीलाई हाल खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्