- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – पोखरा फाइनान्सले एफपिओ निस्कासनकालागि धितोपत्र बोर्डमा आबेदन दिएको छ । कम्पनीले नौ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासनकोलागि अनुमति मागेको हो ।
पोखरा केन्द्रीय कार्यालय रहेको कम्पनीले एफपिओ निष्कासनकोलागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ।
फाइनान्सको हाल ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीले एफपिओ निष्कासनपछि १५ प्रतिशत हकप्रद निष्कासन गर्ने जनाएको छ। एफपिओ र हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी करिब ८० करोड रुपैयाँ पुग्ने छ ।