×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बामदेव गौतमले गरे अहिलेसम्मकै उत्तेजक भाषण ! (भाषणको सारांशसहित)

LAXMI SUNRISE BANK

बामदेव गौतमले गरे अहिलेसम्मकै उत्तेजक भाषण ! (भाषणको सारांशसहित)

२९ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एमाले नेता बामदेव गौतमले उत्तेजक भाषण गरेका छन् । उनले मेची-काली अभियानका क्रममा यस्तो उत्तेजक भाषण गरेका हुन् । कतिपय नेता तथा कार्यकर्ताहरुले समेत उनको यो भाषण हालसम्मकै उत्तेजक भएको टिप्पणी गरेका छन्। वामदेवले गरेको भाषण सारांश उनकै शब्दमा:
नेपालका प्रधानमन्त्रीको हैसियत चीनको राष्ट्रपतिको बराबर छ । भारतको प्रधानमन्त्री, राष्ट्रपति बराबर छ । यो संसारका कुनै पनि कार्यकारी पूमुखहरुको बराबरी नेपालको प्रधानमन्त्रीको हैसियत हो । त्यो हैसियत सम्पूर्ण समाप्त गरेर, पानी पानी भएर भुईमा पछारिने यो छाँट देख्दा उहाँले नेपालको अपमान गरिरहनुभएको छ । कञ्चनपुरको घटनामा उहाँले नेपालीहरुको अर्को अपमान गर्नुभएको छ । सार्वभौम अधिकार सम्पन्न जनतालाई भ्रम सिर्जना गर्ने गर्नुभएको छ । नेपाली जनता विदेशीको गुलाम हुन्छन् भनेर म पत्याँदै पत्याउँदैन, हाम्रा पूर्खाले रगत बगाएर देश निर्माण गरेको कुराप्रति हामी गौरब गर्दछौं ।
हुन त मान्छेको मृत्यु एकैपटक हुन्छ, तर जतिपटक जन्मे पनि त्यसलाई जेलै हाल्नुपर्ने कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरु छन् । यति ठूलो अपमान यिनले गरेका छन् । माघ ७ गतेभित्र तीन तहको निर्वाचन भएन भने यिनीहरुलाई त्यहाँसम्मको सजायँ हामीले गर्न सक्छौं । जनमतबाटै हामीले टुंगो लगाउने हो । त्यो अवस्था हुन्छ, आउँछ । जब देशमा संकटै संकट पर्छ, त्यो संकटबाट देशलाई पार लगाउने बुद्धिमान र बहादुरहरु पनि जन्मन्छन् ।
हामीमाथि लगाइएको नाकाबन्दीमा मधेसी मोर्चाका नेताहरुले गएर खुशियाली मनाउँछन् । ती मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्दछ । त्यो नाकाबन्दीबाट सबभन्दा बढी मार खाने पीडकहरु को हुन् ? यही तराई मधेसमा बसेका जनता हुन् । त्यसबेला उनीहरुले मट्टीतेल लिएर आउँदा पनि त्यही मट्टीतेल छर्केर आगो लगाइदिए । त्यसपछि बल्ल पहाडतिरका जनताले मार खाएका हुन् । के यो ठाउँका जनतालाई पीडा दिने, दुःख दिनेहरु मधेसी संगठन हुन सक्छन् ? हुन सक्दैनन् । यी मधेसी संगठन पनि हैनन् र जनताका प्रतिनिधि त हुनै सक्दैनन् । कुनै पनि हालतमा होइनन् ।
अब नेकपा एमालेलाई समाप्त गर्ने षडयन्त्र रचिँदैछ । मैले निश्कर्ष निकालेको छु, नेकपा एमालेलाई तराईमा आउनै नदिने रे । किन ? किन आउन नदिने ? के यो तराई महन्थ ठाकुरको राजेन्द्र महतोको उपेन्द्र यादवकी आमाले पेट बोकेर जन्माएको थलो हो यो ?
यो धर्ती जहिलेदेखि जन्मेको छ, यो नेपाल हिमाल पहाड र तराईबाट कहिल्यै पनि अलग भएन । कसैले पनि तराईको मात्रै ठाउँमा कहिल्यै राज्य गरेन । र, मधेस राज्य भन्ने यो नेपालमा कहिल्यै कहिल्यै भएन ।
प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउनु भन्न मिल्छ ? प्रधानमन्त्रीले कहिल्यै भन्छ त्यस्तो ? त्यसो हो भने सेना किन राखेको ? गोली नचलाउने हो भने सशस्त्र प्रहरी किन राखेको ? गोली नचलाउने हो भने त्यो प्रहरीलाई रिभल्भर, पेस्तोल, थ्रीनट थ्री, एसएलआर अनेकौं किसिमका हात हतियारहरु किन दिएको ? गोली नचलाउने भए किन दिएको ? किनकि सुरक्षा निकाय राज्यको कानून कार्यान्वयन गर्ने, देशको रक्षा गर्ने ठाउँमा बसेको छ, दुश्मन जसरी आउँछ, उ त्यसै गरेर प्रस्तुत हुन्छ । यो सर्वमान्य सिद्धान्त हो । सारा संसारभरि यो लागू हुन्छ ।
गोली नचलाउने ? त्यस्तो आदेश दिन पाइन्छ ? पाइँदैन । प्रधानमन्त्रीले नेकपा एमालेका नेताहरुलाई जतिखेर घेराबन्दी गरेको छ, त्यो ससुरक्षामा खटिएका सुरक्षा निकायका जवान र अधिकृतहरुले गोली चलाउन सक्ने कुरा उहाँलाई थाहा छ कि छैन ? यस अवस्थामा प्रधानमन्त्रीले भन्ने कुरा हो-तपाईदे बल प्रयोग ज्यादै निम्न निम्न तरिकाले गर्नुहोस् है । यहाँसम्म भन्ने हो । गोली नचलाउनू … यस्तो हुँदैन । हामीलाई शंका लाग्छ यसको पछाडि । किन यसो भन्नुभो ? यसो भन्न पाइन्छ ? सुरक्षा निकायलाई गोली नचलाउनु भनेर आदेश दिन पाइन्छ ? जवकि त्यही ठाउँमा प्रेसर कुकुर बम फेला परेको छ । त्यही ठाउँमा गि्रनेट फेला परेको छ । अनेकौं कुराहरु भएका छन् । हामीलाई शंका लागिरहेको छ । अनेकौं किसिमका शंका लागिरहेका छन् ।
जसले आफ्नो ज्यानको बाजी लगाएर नेपालको सबभन्दा ठूलो पार्टीका शीर्ष नेताहरुको टीमको सुरक्षाका निम्ति आफूलाई समर्पित गरे, तिनीहरुलाई पुरस्कार दिनुपर्ने ठाउँमा कारवाही भएको छ यो के हो ? यो के हो ? के कारणले यसो गरियो ? कसलाई खुशी बनाउन यसो गरिएको हो ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी