×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको बालाजुमा साझा बसमाथि आगजनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौंको बालाजुमा साझा बसमाथि आगजनी

२८ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं  – काठमाडौंको बालाजुमा साझा बसमाथि आगजनी भएको छ । नचिनेका मानिसहरुले शनिबार दिउँसो साढे १ बजे बालाजुमा बा ४ ख ५६४८ नम्बरको बसमा आगो लगाएका हुन् । रत्नपार्क तर्फ आउँदै गरेको बसबाट यात्रुलाई ओरालेर आगो लगाएका महानगरीय प्रहरी प्रभाग माछापोखरीले जनाएको छ । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ साझा यातायातले जनाएको छ ।
 शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेकाले उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको आशंक छ । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरी नायब निरीक्षक विपिन पन्तले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी