×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले अभियान कसैको विरुद्धमा होइन : विष्णु पौडेल

LAXMI SUNRISE BANK

एमाले अभियान कसैको विरुद्धमा होइन : विष्णु पौडेल

२८ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ –   नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेको मेची महाकाली अभियान कसैको विरुद्धमा नभएको बताएका छन् । अभियान अन्तर्गत आइतबार भैरहवामा हुने सभाका बारेमा जानकारी दिन बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भैरहवामा हुने सभामा ५० हजार जनसमुदाय सहभागी गराउने बताए ।
सभा संविधान कार्यान्वयन र चुनावको वातावरण तयार गर्नका लागि थालिएको भन्दै उनले कसैको विरोधमा सभा आयोजना नभएको बताए । उनका अनुसार सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् । सभाका लागि प्रदेश नम्बर पाँचका सबै गाउँ टोलमा घरदैलो कार्यक्रम गरिसकेको प्रदेश नम्बर पाँचका संयोजक समेत रहेका उनले बताए । आइतबार प्रदेश नम्बर पाँच प्रवेश गर्ने अभियानलाई नवलपरासीको बर्दघाटमा स्वागत गरेपछि भुमहीमा सभा सकेर भैरहवामा प्रदेशस्तरीय सभा आयोजना हुनेछ ।
 सभामा मधेसी समुदायको बाहुल्यता रहने अर्का उपमहासचिव घनश्याम भुसालले जानकारी दिए । उनले एमालेलाई मधेस विरोधी भनेर गरिएको प्रचारबाजीको पछि नलागी सभामा सहभागी हुन आग्रह गरे । उनले एमालेको देशव्यापी अभियान कसैको विरुद्धमा नभई राष्ट्रियताका लागि भएको बताए ।  कुनै पनि राजनीतिक शक्तिलाई नेपालको जुनसुकै स्थानमा जानका लागि कसैले अवरोध गर्न नहुने उनले बताए । उनले सप्तरीमा भएको घटना दुःख भएको भन्दै त्यहाँ स्थगित भएको अभियान दोस्रो चरणमा सञ्चालन गर्ने बताए । उनका अनुसार भैरहवाको सभा गरिसकेपछि बुटवलमा बास बसेर पश्चिम लाग्नेछ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी