×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनगणतान्त्रिक सम्पर्क मन्चका ११ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनगणतान्त्रिक सम्पर्क मन्चका ११ जना पक्राउ

२८ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सफल बनाउन जुलुससहित सडकमा निस्किएका जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीसहित ११ जना रत्नपार्कबाट पक्राउ परेका छन् ।
पिके क्याम्पस बागबजारबाट आउदै गरेको जुलुसमा सहभागि उनीहरुलाई रत्नपार्कबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी, मन्चका केन्द्रिय उपाध्यक्ष उद्धव पौडेल , महासचिव हिरा पहाडी , सचिव पूर्ण श्रेष्ठ , अर्जुन कटुवाल , सदस्य तीलबहादुर बुढाथोकी , काभ्रे काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव नकुल चौलागाई , सर्लाहि काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष पदम मगर , झनक श्रेष्ठ, ओखखलढुगा काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव हरि श्रेष्ठ ,रामेछाप काठमाडौ जनगणतन्त्रीक सम्पर्क मन्चका सचिव रुपक श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी