
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरमा नेपाली भूमिमै प्रवेश गरेर नेपाली नागरिकको हत्या गरेको विरोधमा वाईसीएल र अखिल क्रान्तिकारीले भारतीय सवारी साधन तथा हिन्दी फिल्म नेपालमा चल्न नदिने चेतावनी दिएका छन् । राजधानीमा शुक्रबार बिहान जुलुससहित विरोध प्रदर्शन गरेका वाईसीएल र अखिल क्रान्तिकारीका नेताहरुले बानेश्वरमा आयोजित कोणसभामा यस्तो चेतावनी दिएका हुन् ।
साथै उनीहरुले नेपाल भारत सीमानामा पर्खाल लगाउन पनि माग गरे । विभिन्न नारा लेखिएका प्लेकार्ड र रातो झण्डा बोकेका प्रदर्शनकारीको जुलुसले माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । एसएसबीको ज्यादती रोकिनु पर्ने, हत्या गरिएका गोविन्द गौतमलाई सहिद घोषण गर्नु पर्ने लगायतका माग राख्दै उनीहरुले बिहाबार साँझ पनि देशका मुख्य सहरमा प्रदर्शन गरेका थिए । क्रान्तिकारी र वाईसीयल दुवै सत्तारुढ माओवादी केन्द्रका भातृ संगठन हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्