×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुराम भट्टराईलाई ओलीको दनक – ‘काँधमा बोकेको कुकुरले मृग मार्दैन’

LAXMI SUNRISE BANK

बाबुराम भट्टराईलाई ओलीको दनक – ‘काँधमा बोकेको कुकुरले मृग मार्दैन’

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा बिहिबार एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन सुझाव दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 
‘वैशाख ३१ मा निर्वाचन गर्न सक्नुहुन्न भने राजिनामा दिनुहोस् । हुनखोज्ने प्रधानमन्त्रीजीलाई पनि म भन्न चाहन्छु, निर्वाचन गर्न सक्नुहुन्न भने तपाईँपनि प्रधानमन्त्री नबन्नुहोस् । लोकतन्त्र भनेको हुलियातन्त्र होइन । कसैबाट निर्देशित संविधान संशोधनको एजेण्डा बोकेर सरकारमा रहनुको कुनै औचित्य छैन ।’ ओलीले भने । 
आफ्नो सम्वोधनका क्रममा डाक्टर बाबुराम भट्टराईलाई पनि दानक दिए ओलीले । भट्टराइप्रति कटाक्ष गर्दै उनले भने, ‘एक जना डाक्टर उपाधीवालाले एमालेरहित पार्टी बनाउने उर्दी जारी गरेछन् । विचरा विचारका पुराना नामका नयाँ डाक्टरको मलाई मायाँ लागेर आयो । काँधमा बोकेको कुकुरले मृग मार्दैन भनेको यही हो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी