×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जस्तोसुकै पस्थितिमा पनि वैशाख ३१ मा चुनाव हुन्छ : काँग्रेस नेता पौडेल

LAXMI SUNRISE BANK

जस्तोसुकै पस्थितिमा पनि वैशाख ३१ मा चुनाव हुन्छ : काँग्रेस नेता पौडेल

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरेका छन् । विहिवार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गरे ।

उनले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने भन्ने कारण नै नरहेको जिकिर गरे । नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गरे ।

उनले स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने बताए । हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा उनको जोड थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी