×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार एमालेको आमसभा चितवनमा हुने

LAXMI SUNRISE BANK

शनिबार एमालेको आमसभा चितवनमा हुने

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत अन्तिम दिन फागुन २८ गते शनिबार चितवनमा हुँदै छ । तीन दिन स्थगित भएको अभियानको शनिबार चितवनमा समापन हुने भएको हो । नेकपा (एमाले) चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा फागुन २८ गते बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहित करिब पाँचहजार भन्दा बढीको मोटरसाइकल र्‍यालीलाइ विभिन्न जनजाती , समुदायको झाँकी प्रस्तुत गर्दै भरतपुरको चौबिसकोठीमा आएर जम्मा गराउने बताए ।
 जिल्ला अध्यक्ष पोख्रेलले चितवनमा २८ गतेका लागी पुर्व निर्धारित जनसभा कुनै हालतमा नरोकिने प्रष्टाए । चितवनमा हुने सभामा नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री हरु झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताले नारायणी किनारमा हुने कार्यक्रममा सम्बोधन गर्ने पोख्रेलले बताए ।
 टोलीको स्वागतका लागी गेट र ब्यानर राख्ने तयारी अन्तिम चरणमा पुगेको एमाले चितवनले जनाएको छ । यसैबीच , चितवन प्रहरीले सप्तरीको घट्ना लाई मध्ययनजर गर्दै चितवनमा हुने एमालेको आमसभालाई कडा सुरक्षा दिने बताएका छन् । सप्तरीको घट्नापछि चितवनमा समेत प्रहरीले सम्भाबित दुर्घटना हुनु अगावै सुरक्षा ब्यबस्था लाइ अत्यन्तै कडाइ पारिने चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी