×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीको विद्यालयमा भिषण आगलागी, ९२ लाख बढीको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

म्याग्दीको विद्यालयमा भिषण आगलागी, ९२ लाख बढीको क्षति

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ –  म्याग्दीको बेनी नगरपालिका वडा नं.१४ डाँडाखेतमा रहेको बालमन्दिर निमाविमा भएको आगलागीबाट झन्डै ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्यालय बन्द रहेको समयमा बुधबार दिउँसो वर्षा भएको बेलामा विद्युत् सर्ट भएर विद्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
 विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर बानियाँका अनुसार आगलागीबाट विद्यालयका १० ओटा कोठा जलेर पूर्ण रुपमा क्षति भएका छन् । स्थानीयवासीले कक्षाकोठाहरुबाट एक्कासि धुवाँको मुस्लो निस्किएको देखेपछि आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। आगो नियन्त्रणमा नआउँदा लाखौं मूल्यको भवन, फर्निचर, कम्प्युटर तथा महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।
त्यस क्षेत्रमा गएको आइतबारदेखि विद्युत् अवरुद्ध भएकोमा बुधबारबाट मात्र विद्युत् सुचारु भएको थियो । केही दिन विद्युत् आपूर्ति बन्द हुनु र सुचारु भएकै दिन मौसममा समेत खराबी हुनुले ओभरलोडको समस्याका कारण विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी