×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुण्डागर्दी गर्ने चार जना सौराहाबाट पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुण्डागर्दी गर्ने चार जना सौराहाबाट पक्राउ

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा/अर्थ सरोकार डटकम 

काठमाण्डौ – चितवनको सौराहामा गुण्डागर्दी गरेको आरोपमा चितवन प्रहरीले ना .२ .च ८३०९ नम्बरको गाडी सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका १ बस्ने बर्ष ३४ का निकेश भण्डारी, सोही ठाउँ बस्ने अर्का बर्ष ३० का सुमन डल्लाकोटी , खैरहनी ९ बस्ने ३४ बर्षका सिताराम डल्लाकोटी तथा सुरक्षागार्ड भरतपुर ११ बस्ने ३७ बर्षका दशरथ श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।  
उनीहरु माथि मंगलबार राति सौराहाको पहिलो डान्सबाट ‘लायन्स डेन’ मा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो । सोही क्रममा सुरक्षागार्ड (बाउन्सर)लाई समेत झगडामा संलग्न भएपछि उसलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । डान्सबारमा झगडा गरेर भाग्ने क्रममा प्रहरी चौकी बछौंलीका प्रहरी नायव निरिक्षक दुर्गाबहादुर कुँवरको नेतृत्वको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख थापाले जानकारी दिए । पक्राउ परेका सबैलाई गुण्डागर्दी ऐन अन्तरगत अनुसन्धान थालिएको चितवन  प्रहरीले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी