×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्येष्ठ नागरिकले बनाए प्रविधियुक्त निःशुल्क वाईफाई चौतारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्येष्ठ नागरिकले बनाए प्रविधियुक्त निःशुल्क वाईफाई चौतारी

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् ।
शनिअर्जुन–१ शनिश्चरे बजारमा करीब रू। पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलैँचा निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले बिहान ४ देखि राति १० बजेसम्म चौतारीमा निःशुल्क इण्टरनेट (वाईफाई) र पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराईले बताए ।
स्थानीय ज्येष्ठ नागरिकले चौतारो निर्माणका लागि आफ्नै पहलमा रू। दुई लाख सङ्कलन गरेपछि शनिअर्जुन नगरपालिकाले अन्य रकम उपलब्ध गराएको थियो । ज्येष्ठ नागरिकको रचनात्मक सक्रियता देखेर सहारा नेपाल नाम गैरसरकारी संस्थाले केन्द्रको भवन बनाइदिने घोषणा गरेको छ । छतिउनको तीनओटा ठूलो रूखको फेदमा पक्की संरचना बनाएर त्यसमाथि फलामे फलैँचा राखिएका छन् ।
 फलैँचामा भेला भएर ज्येष्ठ नागरिक मोबाइलमा फेसबुक, ट्विटर र स्काइप चलाउने गर्छन् । घरमा खाना खाएर वरपरका अधिकांश वृद्ध दिनभर चौतारीमा भेला हुने र आफ्ना अनुभव आदानप्रदान तथा विदेशमा भएका आफ्ना छोराछोरी र नातिनातिनासँग भिडियो च्याटमा रमाउने गरेको शनिअर्जुन नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई बताउँछन् ।
निःशुल्क इण्टरनेट सुविधाका लागि खर्च जुटाउन ज्येष्ठ नागरिकले चौतारीमा खुत्रुके राखेका छन् । वाईफाई चलाउने व्यक्तिले स्वेच्छाले खुत्रुकेमा सहयोग रकम जम्मा गरिदिँदै आएका छन् । ज्येष्ठ नागरिकका लागि बनाइएको भनिएपनि निःशुल्क वाईफाई  सुविधा उपयोग गर्न तन्नेरी पुस्ताको समेत चौतारीमा भीड लाग्ने गरेको छ । पुरानो र नयाँ पुस्ताबीच भलाकुसारी गर्नका लागि चौतारी गजबको प्लेटफर्म बनेको शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राईले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी