×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा भएको घटनाबारे एमालेले गर्यो पत्रकार सम्मेलन (प्रेस बिज्ञप्तिसहित)

LAXMI SUNRISE BANK

सप्तरीमा भएको घटनाबारे एमालेले गर्यो पत्रकार सम्मेलन (प्रेस बिज्ञप्तिसहित)

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मेची महाकाली अभियानको क्रममा सोमबार सप्तरीमा ४ जना मानिसको ज्यान नै जाने गरी भएको घटनाको विषयमा  नेकपा एमालेले आज  बिशेष पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ । हिजोको घटना मधेसी मोर्चाको जबर्जस्तिले हुन् पुगेको बिज्ञप्तिमा उल्लेख छ ।
                   यस्तो लेखिएको छ प्रेस बिज्ञप्तिमा 
यही फागुन २१ गते झापा जिल्लाको काकडभिट्टाबाट उत्साहका साथ शुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानमा हिजो फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा आइपुग्दा सम्म देखिएको व्यापक जनसहभागिता तथा समर्थनबाट हाम्रो पार्टी अत्यन्त उत्साहित बनेको छ ।


 राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका पक्षमा देखा परेको यो जनलहरप्रति सम्मान व्यक्त गर्दै हाम्रो पार्टी त्यसमा सहभागी जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । कार्यक्रमको सफलताका निम्ति विभिन्न किसिमले सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । सप्तरी जिल्ला समेतका स्थानमा मधेसी मोर्चाद्वारा सिर्जित आतंकपूर्ण र अराजक स्थितिमा पनि सुरक्षाको स्थिति बनाई राख्न अथक प्रयत्न गर्ने पार्टी कार्यकर्ता तथा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिन चाहन्छौं ।  

 जनताको व्यापक सहभागिताका साथ अगाडि बढिरहेको अभियानमा यही २३ गते राजविराजमा संयुक्त मधेसी मोर्चासम्बद्ध उदण्ड मानिसहरूले बाधा–अवरोध सिर्जना गरी विध्वंशपूर्ण घटना गराएका छन् । अभियान झापाबाट मोरङ हुँदै सुनसरीको इनरुवामा आइपुग्दा मधेसी मोर्चाका उच्छृंखल मानिसले अभियानमा संलग्न गाडीमा ढुंगा प्रहार गरेका थिए । तर पनि, हामी संयमका साथ अगाडि बढ्यौं । 

 अभियानप्रति लाखौँ जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिँडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झण्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्ने जस्ता क्रियाकलाप गरे । तर पनि हाम्रो पंक्तिले संयमता नै प्रदर्शन ग¥यो । 

२।  अभियानका कार्यक्रमको तयारीको सिलसिलामा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले फागुन २१ गतेदेखि नै राजविराजमा नेकपा ९एमाले० का कार्यकर्ताहरूमाथि आक्रमण गर्ने, तुल–व्यानर च्यात्ने, सामान लुट्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो नगर्न र लोकतन्त्रमा शान्तिपूर्ण एवं बैधानिक रूपमा आफ्ना विचारहरू राख्ने, सभा–सम्मेलन आयोजना गर्ने, संगठन बनाउने जस्ता संविधान प्रदत्त अधिकार र कानुनी शासनको सम्मान गर्न हामीले मधेसी मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरूलाई समेत आग्रह गरेका थियौं । 

नेकपा एमाले को अभियानमा कुनै पनि किसिमको बाधा–व्यवधान हुन नदिन सरकार र प्रशासनलाई समेत आग्रह गरेको थियौं । संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानव अधिकारका मान्यता अनुरूप देशको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई विथोल्न धम्की दिने, रोक्नका लागि त्रास फैलाउने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई कालोमोसो दलेर अपमान गर्ने, सवारी साधन तोडफोड गर्ने, ठाउँ–ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घर–घरमा पुगेर धम्क्याउने जस्ता निन्दनीय कामहरू मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भए । 

 कार्यक्रमस्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा बमसमेत राखिएकोमा सुरक्षाकर्मीहरुले निस्क्रिय पारेका थिए । स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्व निर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटो समेत परिवर्तन गरेका थियौं । तर, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अभियान अन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरे ।

सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभा–सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो । अभियानमा सहभागी नेकपा ९एमाले० का कतिपय कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् र ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ र आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । 

यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानव अधिकारका मान्यताको खिल्ली उडाएका छन् । उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम मोर्चाको राजविराजमा तीन जनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरुको जघन्य अपराधिक प्रबृत्ति र कामको कारणबाट भएकोले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ । 


३.आज फागुन २४ गते फेरि मधेसी मोर्चासम्बद्ध मानिसहरूले राजविराजमा अभियानको सभास्थलमा आगजनी गरेका छन्, सप्तरी र सिरहाको लाहानमा नेकपा एमाले का पार्टी कार्यालयमा आगजनी गरेका छन् । सप्तरी स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका छन् । धनुषामा हाम्रा पार्टीका नेता–कार्यकर्तालाई जिल्ला खाली गर्न धम्की दिइएको छ । रौतहटमा नेकपा एमाले का कार्यकर्तालाई कालोमोसो दलेका छन् र अरु कतिपय स्थानमा आतंक सिर्जना गर्ने दुस्प्रयास भएको  छ । 

यो सबै नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने, नेपाली जनतालाई आफ्नो भाग्य–भविष्यको फैसला आफैँ गर्न नदिने षड्यन्त्र हो । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई विथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ ।

मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौँ । राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई–मधेसमा फैलाइएका भ्रम नेकपा एमाले ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरुको ज्यान लिइएको छ । 

शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुनेक्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ । यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।

 सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।



४. नेपालको संविधान र लोकतान्त्रिक व्यवस्था अनुरूप २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको र २०७४ साल मंसिर महिनासम्म प्रादेशिक र केन्द्रीय निर्वाचन भइसक्नुपर्ने स्थितिलाई विथोलेर देशलाई अन्योल, अनिश्चय, द्वन्द्व र संकटमा धकेल्ने दुराशयका साथ नेकपा एमाले को शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरिएको छ । यस्तो दुराशययुक्त कुकृत्यमा पर्दा हाल्न नेकपा एमाले का कार्यकर्ताहरूले मधेसी मोर्चाका मानिसहरूलाई ढुंगा हानेको र नेकपा एमालेको कारण घटना भएको जस्ता दुस्प्रचारको हामी खण्डन गर्दछौं ।

 राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षडयन्त्र हो भन्ने कुरा तथ्य र घटनाक्रमले स्पष्ट पारिसकेका छन् । राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउँदै उनीहरूको अधिकारमा प्रहार गर्ने जस्ता कानून र मानव अधिकार विरोधी कार्यमा संलग्न हुनेहरूलाई कानूनको दायरामा ल्याउन तथा शान्ति–सुरक्षाको स्थिति कायम गर्दै जनताको जीउ–धनको सुरक्षा सुनिश्चित गर्न नेकपा एमाले नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । राजविराज घटनाको यथार्थ छानविन गरी सत्य–तथ्य सार्वजनिक गर्न सरकार एवं राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गर्दछौं ।

 राजनीतिक दलका शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने कार्यलाई गम्भीर रूपमा लिन र यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गर्न हामी देशका सबै जिम्मेवार राजनीतिक दलहरूलाई आव्हान गर्दछौं । देशको समग्र राजनीतिक स्थितिको गम्भीर विश्लेषण तथा राजनीतिक समीक्षा पश्चात् नेकपा एमाले ले विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा यथोचित समयमा सार्वजनिक गर्नेछ ।  

५.  पछिल्लो विकसित परिस्थितिका कारण उत्पन्न संवेदनशीलतालाई विचार गरी हामीले आज फागुन २४ गतेदेखि २५ र २६ गते तीन दिन अभियानको कार्यक्रम स्थगित गरेका छौं । तर, फागुन २७ गते हेटौँडाबाट हाम्रा अगाडिका कार्यक्रम यथावत् सञ्चालन हुनेछन् र तिनको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ । ती कार्यक्रममा उत्साहका साथ सहभागी हुन नेकपा एमालेका सदस्य र शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी