×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अभियान बीचमै छाडेर एमाले शीर्ष नेताहरु काठमाडौं फर्किँदै

LAXMI SUNRISE BANK

अभियान बीचमै छाडेर एमाले शीर्ष नेताहरु काठमाडौं फर्किँदै

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मेची-महाकाली अभियानका क्रममा मधेसमा रहेका एमाले शीर्ष नेताहरु मंगलबार काठमाडौं फर्किने भएका छन् । सप्तरी घटनाका कारण ३ दिनका लागि अभियान स्थगित गरिएपछि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत नेताहरु राजधानी फर्किन लागेका हुन् ।
 नेताहरु मध्याह्न काठमाडौं आइपुग्ने एमाले महासचिव पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार काठमाडौं आएर नै अभियानबारे थप रणनीति बनाउने नेताहरुको तयारी छ । साथै एमालेले सप्तरी घटनाबारे आफ्नो धारणा पनि मंगलबार नै सार्वजनिक गर्दैछ ।
दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमालेले जनाएको छ । एमाले नेताहरु अभियानलाई निरन्तरता दिने पक्षमै रहेको स्रोतको दाबी छ । एमालेको मेची-महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको सभापछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ३ जनाको मृत्यु भएको थियो । अन्य केही गम्भीर घाइते छन् ।
 मोर्चाका कार्यकर्ताले एमाले सभामा सहभागीलाई लक्षित गरी ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी