×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा तीन जनाको मृत्युभएपछि निम्त्यो राजनीतिक मुठभेड

LAXMI SUNRISE BANK

सप्तरीमा तीन जनाको मृत्युभएपछि निम्त्यो राजनीतिक मुठभेड

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न खोल्दा प्रहरीको गोलीलागि सप्तरीमा तीन जनाको मृत्यु भएपछि नेपाली राजनीतिमा फेरी टकराव सुरु भएको छ । सप्तरीमा एमालेले कार्यक्रम गरिरहेका बेला मधेसी मोर्चाका कार्यकर्ताले ढंगामुडा गरेका थिए । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ भने स्थिति तनावग्रस्त बनेपछि एमालेले आफ्नो अभियान तीन दिनका लागि स्थगित गरेको छ ।
सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि सरकार, एमाले र मधेसी मोर्चाबीच टकराव सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मेची महाकाली अभियान फिर्ता लिन आग्रह गरेका थिए । 
स्थिति विग्रिन लाग्यो यसले चुनावको वातावरण पनि विगार्छ, प्रधानमन्त्रीले टेलिफोनमा ओलीलाई भने स्थिति नियन्त्रमा ल्याउन र राजनीतिक बातावरण बनाउन पनि तपाईले तत्काल कार्यक्रम स्थगित गर्नु परयो ।
ओलीले प्रधानमन्त्रीको सुझावलाई पार्टी स्थायी कमिटीमा राखेका थिए । र स्थायी समितिले तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको पार्टी प्रचार विभागका सचिव बिष्णु रिजालले जानकारी दिएका छन् । तीन दिनपछि एमालेले फेरी अभियान सुरु गर्ने भएको छ ।
सप्तरीमा तीनजनाको मृत्यु भएलगतै गृहमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेका थिए । उनले पनि अभियान तत्काल रोक्न आग्रह गरेका थिए । निधिले ओलीलाई अभियान रोक्न आग्रह गरेलगतै मोर्चा नेता महन्थ ठाकुरलाई टेलिफोन गरेका थिए । संयम अपनाउन आग्रह गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।
ओलीबिरद्ध प्रचण्डलाई संसदमा सघाएका मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमालेको आग्रहमा सरकारले आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् ।
 सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चाले मंगलबार संसद सचिवालयमा पत्र दर्ता गराउने भएको छ ।मोर्चाले गोली काण्डको विरोधमा दुई दिन मधेस बन्दको आयोजना गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी